प्रभु बैंकको खुद नाफा ६८ प्रतिशतले बृद्धि

आजभोलि

काठमाडौं । प्रभु बैंक लिमिटेडले ६८ प्रतिशत खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षमा ६८ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार २ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ । बैंकको ब्याज आम्दानी, ट्रेडिङ आम्दानी अघिल्लो वर्षको भन्दा बढेको छ । बैंकले ब्याज आम्दानीबाट मात्र ५ अर्ब २ करोड कमाएको छ ।

११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले एकवर्षको अवधीमा निक्षेप कर्जा आकार बृद्धि राम्रो देखिएको छ । असार मसान्तसम्म प्रभु बैंकमा १ खर्ब ६४ अर्ब निक्षेप रहेको छ भने कर्जा १ खर्ब ३५ अर्ब रहेको छ ।

अघिल्लो वर्षको असार मसान्तसम्ममा प्रभु बैंकमा १ खर्ब २८ अर्ब निक्षेप थियो भने कर्जा ९९ अर्ब थियो । बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ४८ करोड रुपैयाँ गरेको छ ।

यसबाट मात्र बैंकल सेयरधनीलाई १३ प्रतिशत लाभांश दिनसक्छ । पूँजीकोष अनुपात १३ दशमलब ०७ प्रतिशत रहेको प्रभु बैंकको खराब कर्जा अनुपात १ दशमलब ६८ प्रतिशत रहेको छ ।

यस्तै कर्जा निक्षेप अनुपात ७३ दशमलब २१ प्रतिशत छ । बेसरेट ६ दशमलब ८८ प्रतिशत तथा स्प्रेड ३ दशमलब ६५ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १७ दशमलब ७३ रुपैयाँ रहेको छ ।

 

  • ३१ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !