भक्तपुर दूधपाटीमा नेपाल बैंकको सेवा विस्तार सुरु

आजभोलि

काठमाडौं । नेपाल बैंक लिमिटेड कमलविनायक शाखाले दूधपाटीमा आजदेखि सेवा विस्तार गरेको छ । भक्तपुर नगरको पश्चिम भेगका जनताको सेवासुविधालाई ध्यान दिँदैे सेवा विस्तार गरिएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवाको शुभारम्भ गदै स्वदेशी लगानीलार्ई प्रोत्साहन गर्न आग्रह गरे । भक्तपुर बहुमुखी क्याम्पसका प्राचार्य डा कृष्णप्रसाद पोखरेलले बैंकको सेवा विस्तारले नगरका पश्चिम भेगका जनताले सरल र सहज रुपमा बैंकिङ सेवा पाउने विश्वास व्यक्त गरे ।

नेपाल बैंक वाग्मती प्रदेश प्रमुख निरुजा श्रेष्ठले दूधपाटी काउन्टरको विस्तारसँगै भक्तपुरमा तीन शाखा र चार काउन्टरमार्फत सेवा प्रदान गरिरहेको बताए । कार्यक्रममा नेपाल बैंक कमलविनायक शाखाका प्रमुख विष्णुमान भैल र सहायक प्रमुख दीपा पनेरुले भक्तपुरमा थप दुईदेखि तीन शाखा विस्तार गर्ने योजनाका साथ कार्य अघि बढिरहेको जानकारी दिए ।

  • १ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !