एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग

आजभोलि

पाल्पा । अन्तराष्ट्रिय सहयोगी सस्ंथा रोटरी क्लब अफ पाल्पाले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ । नेपाल परिवार नियोजन सङ्घलाई एम्बुलेन्स खरिदका निम्ति रु १४ लाख ८९ हजार ९२० को चेक हस्तान्तरण गरिएको छ ।

एम्बुलेन्स खरिदका निम्ति चेक प्राप्ति भएपछि नेपाल परिवार नियोजन सङ्घ जिल्ला शाखाका उपाध्यक्ष ज्योति भण्डारीले एम्बुलेन्सकै अभावमा कोही पनि नागरिकले अकालमा ज्यान गुमाउन नपर्ने बताए ।

जिल्लामा एम्बुलेन्सको सङ्ख्या धेरै भएपछि चाहिएका बेला नपाइने समस्याले नागरिकले सास्ती खेपेको उनले जनाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले मानव हितका निम्ति सरकारले गर्ने कार्य क्लबले गरेकामा यस कार्यबाट केही पाठ सिक्न आवश्यक रहेको बताए ।

रो इन्टरनेशल डिस्टिक ३२९२ डिजिएन रोट्यट राजेन्द्रप्रसाद ध्वजुले आफूहरु समाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित भएको बताए । रासस

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !