बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा क्षति

आजभोलि

कञ्चनपुर । अनौखी खोला र धारापानी नदीको बाढीले शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका शङ्कर साउदको माछापोखरी र बङ्गुरको खोर बगाएको छ । दुई दिनअघि आएको बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा रु आठ लाख बढीको क्षति भएको छ ।

खोरमा पालिएका बङ्गुर र माछापोखरीमा रहेका माछा बाढीले बगाएपछि क्षति व्यहोर्नु परेको साउदले बताए । “ऋण निकालेर माछापालन र बङ्गुरपालनमा लागेको थिए”, उनले भने, “बाढीले बगाएर बिजोग पारेको छ ।”

बाढीले विद्युत्का पोलसमेत बगाएका कारण दुई दिनदेखि बेलडाँडी गाउँमा विद्युत् सेवा अवरुद्ध रहेको स्थानीयवासी सुरत साउदले बताए । विद्युत्का पोल बगेपछि २०० परिवार अँध्यारोमै बस्न बाध्य भएको उहाँले जानकारी दिनुभयो ।

मणिका धाम जाने सडकसमेत नदीले कटान गरी बगाएकाले स्थानीय बासिन्दाको आवतजावतमा समस्या भएको छ । चुरे क्षेत्रमा भएको बर्षाका कारण तराई क्षेत्र भएर बग्ने नदी तथा खोलामा बाढी आएको थियो ।रासस

 

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !