काठमाडौं । नेपाल एसबीआई बैंक र सिप्रदी ट्रेडिङबीच समझदारी भएको छ । बैंकका ग्राहकले सिप्रदी टे«डिङ कम्पनीबाट गाडी खरिद गर्दा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्नेगरी समझदारी भएको हो ।
उक्त समझदारीपत्रमा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य र सिप्रदी ट्रेडिङ प्रालिका बिक्री तथा प्रबद्र्धन महाप्रबन्धक अनुपमणी ढकालले हस्ताक्षर गरेका छन् ।
बैंकले हाल ८८ शाखा कार्यालय, १९ वटा एक्सटेन्स काउन्टर, ७ प्रादेशिक कार्यालय तथा एउटा कर्पोरेट कार्यालयका साथै १२२ एटीएममार्फत देशका विभिन्न ठाउँबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।