बुद्धले बुधबारदेखि सिमरा–पोखरा उडान सुरु गर्ने

आजभोलि

काठमाडौं। निजी वायुसेवा कम्पनी बुद्ध एयरले बुधबारदेखि सिमरा–पोखरा उडान सुरु गर्ने भएको छ। कम्पनीले यी गन्तव्यमा भाडादर ४७ सय ७० रुपैयाँ तोकेको छ। कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आइतबार, बुधबार शुक्रबार गरी हप्तामा तीन दिन उडान हुनेछ ।

बिचक्राफ्ट जहाजमार्फत अहिले उडान गरिएको बताउँदै यात्रुको संख्या बढेमा एटीआर प्रयोग गरिने जनाइएको छ । ‘हामीले आन्तरिक पर्यटकलाई मध्यनजर गर्दै उडान तालिका बनाएका छौं।

यो उडानमा माग बढेसँगै एटीआरमार्फत उडान गर्ने योजना छ,’ उनले भने कम्पनीले दोस्रो निषेधाज्ञा खुकुलो भएसँगै विराटनगर–तुम्लिङटार, पोखरा–भरतपुर, पोखरा–भैरहवा लगायत गन्तव्यका लागि नियमित उडान गरिरहेको छ।

कम्पनीले हाल १० वटा ७२ सीट क्षमताको एटीआर–७२, ४२ सीटे तीन एटीआर–४२ र दुई बिचक्राफ्ट लगायत १५ वटा जहाजमार्फत मुलुकका विभिन्न ठाउँमा नियमित उडान गर्दै आएको छ ।

 

 

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !