कांग्रेस केन्द्रीय सभापति देउवाकै जिल्लामा वडा अधिवेशन अनिश्चित

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको १४औँं महाअधिवेशनको प्रक्रिया अधिकांश जिल्लामा सम्पन भइरहँदा कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ । पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद केन्द्रबाट टुङ्गो लगाउन ढिलो हुँदा वडा अधिवेशन अनिश्चित बनेको कांग्रेसका जिल्ला उपसभापति प्रकाश बम बताउँछन् ।

पार्टीको जिल्ला सभापति पदका दाबेदारसमेत रहनुभएका बमले भने, ‘‘केन्द्रमा विवाद समाधानको प्रयास भइरहेको छ, केही दिन ढिलो भए पनि अधिवेशन रोकिँदैन ।’’ देश सङ्घीयतामा गएसँगै सङ्घीय संरचनाअनुरुप अधिवेशन गर्ने पार्टी कांग्रेस पहिलो रहेको उनले बताए ।

पाँच निर्वाचन क्षेत्र रहेको यो जिल्लाको निर्वाचन क्षेत्र नं १ मा क्रियाशील सदस्यता विवादको समस्या रहेको बताइएको छ । विवादकै कारण सो क्षेत्रका नेता कार्यकर्ताले कांग्रेसको केन्द्रीय कार्यालयमा यसअघि धर्नासमेत दिएका थिए ।

कांग्रेसको जिल्ला सभापति पदका लागि वर्तमान उपसभापति बम, नेता नारायणदत्त भट्ट, नृपबहादुर ओड, डा रणबहादुर रावल, गणेश देउवा, खेमराज चौधरीलगायतका नेताले दाबी गरेका छन् । त्यसैगरी डडेलधुरामा पनि पूर्वनिर्धारित मिति अर्थात भदौ १८ गते कांग्रेसको वडा अधिवेशन हुन सकेन ।

त्यस्तै बाजुरा, दार्चुला र बैतडी जिल्लामा पनि वडा अधिवेशन प्रारम्भ भएको छैन । तीमध्ये कतिपय जिल्लामा आज वा भोलिसम्म वडा अधिवेशन हुने जनाइएको छ । डडेलधुराका कांग्रेस नेता एवं प्रदेशसभामा प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्दराज बोहराले केन्द्रबाट क्रियाशील सदस्यको विवरण नआउँदा जिल्लामा तोकिएको समयमै वडा अधिवेशन हुन नसकेको बताए ।

उनले भने,‘‘क्रियाशील सदस्याताकोे विवाद त्यति ठूलो थिएन, केन्द्रवाट लिष्ट नआउँदा अधिवेशन हुन सकेको छैन ।’’ सो जिल्लामा यही भदौ २२ गते वडा अधिवेशन गर्ने तयारी भइरहेको छ । डडेलधुराको पार्टी सभापतिका लागि परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउद, वर्तमान उपसभापति करुणकर भट्टलगायतको दाबी छ ।

डडेलधुराका वर्तमान सभापति एवं प्रदेशसभा सदस्य कर्णबहादुर मल्लको दुई वर्षे कार्यकाल पूरा भइसकेको छ । केही जिल्लामा यही भदौ २१ र अन्य केही जिल्लामा भदौ २२ बाट वडा अधिवेशन हुने बताइएको छ । कञ्चनपुर, डोटी, बझाङ र अछाम जिल्लामा भने भदौ १८ देखि वडाअधिवेशन सुरु भइसकेको छ ।

कञ्चनपुरका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । सो जिल्लामा पार्टीका वर्तमान सभापति हरिप्रसाद बोहरा र गोपाल गुरुङलगायतका नेता जिल्ला सभापतिका लागि दाबेदार रहेको जनाइएको छ । डोटी जिल्लाका ६५ वडामध्ये ५९ वडामा भएको अधिवेशनमा वडासमितिका सदस्य र क्षेत्रीय प्रतिनिधि अधिकांश निर्विरोध भएका छन् ।

डोटीमा भूमिराज वडू, दीपक विष्ट, रामप्रसाद उपाध्याय, प्रदीप देउवा, नरेन्द्रबहादुर सिंह पार्टीको जिल्ला सभापतिका लागि आकांक्षी देखिएका छन् । हाल पार्टीको जिल्ला सभापति देउवा छन् । बैतडीमा भदौ २१ देखि वडा अधिवेशन गर्ने तयारी गरिएको छ । वडा अधिवेशनपछि नगर, गाउँ समितिको नेतृत्व चयन गरिने कार्यतालिका छ ।

त्यसपछि जिल्ला तहको कार्यसमिति चयन हुनेछ । क्रियाशील सदस्यले पार्टी संरचनाको वडा र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने जनाइएको छ । क्षेत्रीय प्रतिनिधि प्रदेश, क्षेत्र, जिल्ला अधिवेशनका मतदाता हुने व्यवस्था गरिएको छ । कांग्रेसको १४औँ अधिवेशनको प्रक्रिया आरम्भ भइरहँदा पार्टीमा मौलाएको गुट उपगुटको राजनीतिले वर्षौदेखि निष्ठावान र त्यागी नेता भने पछि पर्दै गएको एक नेताको गुनासो छ ।

 

  • २० भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !