स्कुल अफ आइटीको दशैं तिहार उपहार, हरेक कोर्षमा ५,५५५ को छुट योजना

आजभोलि

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ती उत्पादन गर्दै आएको स्कुल अफ इन्फरमेसन टेक्नोलोजीज (स्कुल अफ आईटी) ले दशैं तिहार र छट पर्वलाई लक्षित गर्दै आफ्ना सवै कोर्षहरुमा भारी छुटको योजना सार्वजनिक गरेको छ ।

सिटीइभिटीबाट स्वीकृती प्राप्त यस स्कुल अफ आइटीले विगत ४ वर्षदेखी प्रोग्रामिङ, डिजाइनिङ, इन्जिनियरिङ, सफ्टवेयर निर्माण, वेबसाइट निर्माण सम्बन्धी बजार लक्षित लामो र छोटो समयका सूचना प्रविधि सम्वन्धी कोर्षहरु संचालन गर्दै आएको छ ।

दशैं तिहार उपहार योजना अन्तर्गत विद्यार्थीले घटस्थापनाको दिनदेखी छट पर्वको दिन सम्ममा स्कुल अफ आइटीको आफुले पढ्न चाहेको कोर्षमा आफ्नो सीट बुक गर्नु पर्नेछ । सीट सुरक्षित गरेपछि आफ्नो अनुकुलको समयमा कक्षा लिन पाइने स्कुल अफ आइटीले जनाएको छ ।

‘सूचना प्रविधि सम्वन्धी सीप हासिल गर्न चाहने तथा सूचना प्रविधिका क्षेत्रमा भविश्य खोजि रहेका विद्यार्थीलाई लक्षित गरेर हामीले यो योजना सार्वजनिक गरेका हौं’ स्कुल अफ आइटीका शिक्षा निर्देशक बसन्त चापागाईले भने ‘यो योजना सूचना प्रविधिमा भविश्य खोजी रहेका युवाहरुको लागि कोसेढुंगा सावित हुनेछ ।’

बजारको माग र आवश्यकता अनुसार कोर्ष तथा कार्यक्रम तयार पार्ने भएकाले स्कुलले संचालन गर्दै आएको छोटो तथा लामो समयका कोर्षहरु बढी प्रभावकारी देखिन्छन् ।

विगत ५ वर्षमा ८ सय भन्दा बढी विद्यार्थीले सूचना प्रविधि सम्वन्धी आफ्नो इच्छा अनुसारको कोर्ष अध्ययन गरेको र अधिकासं विद्यार्थी सूचना प्रविधिकै क्षेत्रमा क्रियासिल रहेको स्कुल अफ आइटीले जनाएको छ ।

‘हाम्रा अधिकासं विद्यार्थी बजारमा सकृय छन’ शिक्षा निर्देशक चापागाईले भने ‘बजारमा सूचना प्रविधिको तिब्र विकासले उत्पादीत दक्ष जनशक्तीले बेरोजगार बस्नु पर्ने अवस्था छैन ।’ स्कुलले सूचना प्रविधिको क्षेत्रमा काम गरि रहेका केही चर्चित विदेशी कम्पनीहरुसँग पनि समन्वय गरि रहेको छ ।

यसले गर्दा उत्पादित दक्ष जनशक्तीलाई बजारमा काम पाउन पनि सहज भएको शिक्षा निर्देशक चापागाईको भनाई छ । युवा तथा विद्यार्थीहरुले दशैं तिहारको फुर्सदिलो समयको सदुपयोग गरुन भन्ने उद्देश्यले भारी छुटको कार्यक्रम सार्वजनिक गरिएको स्कुल अफ आइटीले जनाएको छ ।

  • २१ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !