बजार अनुगमन : आठ व्यापारीलाई कारबाही

आजभोलि

काठमाडौं । डोटी जिल्लका म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण गर्ने आठ व्यापारीलाई कारबाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा बिहीबार यहाँका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर तथा दिपायलमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा बजारमा म्याद नाघेका गैर खाद्यवस्तु बिक्री वितरण गर्ने व्यापारीलाई कारबाही गरिएको हो ।

अनुगमनका क्रममा कारबाहीमा परेका पसलमा घटाल सप्लायर्स, जानकी डेरी एण्ड मिष्ठान भण्डार, देउवा टेडर्स किराना एण्ड तरकारी पसल, राजन किराना पसल पिपल्ला, कलेल टेर्डस एण्ड सप्लायर्स तथा न्यू जोशी खुद्रा पसल राजपुरलगायत छन् ।

कारबाहीमा परेका पसललाई उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही गरिएको र म्याद नाघेका अखाद्य वस्तु नियन्त्रणका लिएर नष्ट गरिएको संयुक्त बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रजिअ जोशीले बताए ।

यहाँका १४ पसलमा मात्रै अनुगमन गर्दा यति ठूलो सङ्ख्यामा अखाद्य वस्तु बिक्री वितरण गर्ने गरेको पाइएको हो । अनुगमन टोलीले खाद्यान्न तथा किराना पसल, रेष्टुरेन्ट तथा मासु पसलको समेत अनुगमन गरेको थियो ।

जिल्लामा चाडपर्वका बेला मात्रै अनुगमन हुने भएकाले पनि यहाँका बजारमा प्रायःजसो अखाद्य वस्तु बिक्री वितरण कार्यले प्रश्रय पाएको दिपायल पिपल्लाका बासिन्दा रामबहादुर विष्टले बताए ।

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !