स्थानीय साधन श्रोतको व्यवस्थापनमा स्थानीय सरकार बिचको सहकार्य र समन्वयनको खाँचो

प्रविण भट्टराई

सँघीयतामा केन्द्रीय राज्य सत्ताले नेपालको सँविधान २०७२ अनुसार सँघीय सँरचनालाई सँवैधानिक रुपमा कार्यान्यवन गरेपछि सातै प्रदेशका हाम्रा स्थानीय गाउँघरहरुमा उपलब्ध हुने स्थानीय साधन श्रोतहरुको उच्चतम् प्रयोग तथा परिचालन गर्नुपर्दछ भन्ने बहस स्थानीय जनस्तरमा हुनु स्वभाविक हो।

तर, स्थानीय स्तरमा भइरहेका बन विनास, चुरे क्षेत्रको दोहन, जग्गा जमिनको बढ्दो व्यापारिकरण, खोला क्षेत्रको भूभागको अतिक्रमण, खोला नदी क्षेत्रबाट गिटी बालुवाको बढ्दो उत्खन्न, गाउँघरमा डोजर प्रयोग गरी बनाइएका बाटाघाटा, भूमण्डलिकरण, बिश्वव्यापिकरण र निजी क्षेत्रको बढ्दो प्रभावले गर्दा स्थानीय कृषि उत्पादनमा परेको नकारात्मक प्रभाव आदि कारणहरुले गर्दा स्थानीय साधन श्रोतको समुचित प्रयोग तथा परिचालन हुन सकेको छैन ।

नीतिगत रुपमा भन्ने हो भने स्थानीय साधन श्रोतहरुको महत्व भनेको स्थानीय स्तरमा उपलब्ध हुने स्थानीय साधन श्रोतहरुको उच्चतम् प्रयोग तथा परिचाल गरी लक्षित कार्य सम्पादन गर्नु हो । र मुख्यगरी, स्थानीय साधन श्रोतहरुमा पानी, काठ दाउरा, बालुवा, गिटी, नगद वा पूँजी, खनिज पदार्थ, मानव सँसाधान, स्थानीय जडीबुटी आदि पर्दछन् ।

तर, गाउँबाट सहरी क्षेत्रमा वा अन्तराष्ट्रिय मुकलमा बिभिन्न कारणले गर्दा बसाइ सराईको दर वा क्रम तिब्र छ । यस प्रकारको आन्तरिक तथा वाहिय बसाइ सराइका कारणले पनि आफ्नै गाउँघरमा पाइने स्थानीय साधन श्रोतहरुको उच्चतम् प्रयोग र परिचालन हुन सकेको छैन ।

त्यसैले, मुख्यगरी ग्रामीण अर्थतन्त्र निर्माणमा सोचेजस्तो सफलता हाँसिल भएको छैन । साथै, स्थानीय श्रोतहरुको पूर्ण परिचालन नहुँदा कृषि, नगदेबाली, पशुपालन र अन्य स्थानीय श्रोत साधनको प्रयोगबाट सन्चालन आउने ग्रामीण पेशा व्यवसायहरु बिस्तारै खुम्चिदै गएका छन् वा ती पेशा व्यवसायहरुले सोचे जस्तो गाउँघरमा बजार लिन सकेका छैन । तर, ती स्थानीय श्रोत साधन श्रोतहरुको उचित प्रयोग परिचालन तथा व्यवस्थापनबाट मात्र स्थानीय समुदायको सामाजिक तथा आर्थिक उन्नती सम्भव छ ।
स्थानीय साधन श्रोतहरु प्राय स्थानीय वातावरणमा उपलब्ध हुन्छन् । र स्थानीय वातावरणमा पाइने साधन श्रोतहरुको उचित व्यवस्थापनबाट निर्दिष्ठ कार्यहरु सम्पन्न गरिन्छ ।त्यसैले, स्थानीय स्तरमा प्रयोगमा आउने सम्पुर्ण बस्तु तथा सेवालाई स्थानीय श्रोत साधनहरु भनिन्छ । तसर्थ स्थानीय साधन श्रोतहरु वातावरणमा नै उपलब्ध हुन् ।

र ती स्थानीय साधन श्रोतहरु हावा, पानी, खनिज, माटो, बनस्पति, मानव सँसाधन र उर्जाको रुपमा स्थानीय गाउँघरहरुमा पाइन्छन् । र स्थानीय साधन श्रोतहरु अन्तर्गत भूमि, पूजी, श्रम र उद्यमका अलावा ज्ञान, समय, सिप, सूचना प्रविधी र वित्तलाई पनि नविन्नतम् स्थानीय साधन श्रोतका रुपमा लिन सकिन्छ ।

परिभाषा
ड्ड सँघीय राज्य सँरचनामा ९संघ, प्रदेश र स्थानीय सरकार० ले आफ्ना निश्चित तहगत लक्ष्य हाँसिल गर्न वा लक्षित कार्य सम्पादन गर्न स्थानीय स्तरमा उपलब्ध भएका वा स्थानीय स्तरमा व्यवस्थापकिय ढँगबाट परिचालन गर्ने सम्पुर्ण बस्तु तथा सेवालाई स्थानीय साधन श्रोतहरु भनिन्छ।

ड्ड स्थानीय गाउँघरमा पाइने स्थानीय बस्तु तथा सेवाहरुलाई स्थानीय साधन श्रोतहरु भनिन्छ । जस्तै, भूमी, पुँजी, श्रम र स्थानीय पेशा व्यवसाय र सुचना प्रबिधी आदी । ड्ड स्थानीय स्रोतहरु स्थानीय स्तरमा उपलब्ध हुन्छन् ।

यस्ता श्रोत साधनको प्रयोग स्थानीय समुदायदले आफ्नो सामाजिक र आर्थिक जीवन स्तर राम्रो बनाउनका लागी स्थानीय स्तरमा प्रयोग तथा परिचालन गर्दछन् । र यी स्थानीय साधन स्रोतहरु स्थानीय रुपमामा आफ्नो जीवन शैलीलाई शुब्यवस्थित बनाउन वा राख्न चाहिने आधारभूत तत्व हुन् । जस्तै हावा, पानी, बन, जडिबुटी, अन्न, जनावर, खनिज पदार्थ र धातु जन्य पदार्थ आदि।

त्यसैले स्थानीय स्तरमा पाइने साधन श्रोतको उचित व्यवस्थापन गर्नु आवश्यक छ । यसले स्थानीय स्तरमा ग्रामीण भेगका आम सर्वसाधारण जनताको सामाजिक तथा आर्थिक अवस्था सुधार गर्न सहयोग पुर्याउँछ ।

तसर्थ, उक्त साधन श्रोतको व्यवस्थापन भनेको स्थानीय स्तरमा साधन श्रोतहरुको प्राप्ती, ती उपलब्ध भएका साधन श्रोतहरुको उचित वितरण, प्रयोग र व्यवस्थित परिचालन कार्य हो ।

त्यसैले, स्थनीय साधन श्रोतहरुको व्यवस्थापनमा मानविय शिप, दक्षता, वित्त, स्थानीय प्रविधी, स्थानीय कच्चा पदार्थ र अन्य प्राकृतिक श्रोत साधनहरुको उपयुत्त ढँगले व्यवस्थापन गरिन्छ ।
र स्थानीय साधन श्रोतको महत्व निम्न प्रकारका छन् ।
ड्ड स्थानीय साधन श्रोतको प्रयोग तथा परिचालनले इको सिस्टम जोगाउने काम गर्दछ ।

ड्ड स्थानीय साधन श्रोतको उपयुक्त प्रयोगले स्थानीय गाउँघरको जैविक बिबिधतामा सन्तुलन ल्याउँछ ।
ड्ड स्थानीय गाउँघरमा स्थानीय साधन श्रोतहरुको अधिक्तम् प्रयोग तथा परिचालन हुन्छ ।
ड्ड स्थानीय स्तरमा समुदाय लक्षित योजना अनुसारका कार्यहरु सम्पादन हुन्छन् ।

तसर्थ, स्थानीय साधन श्रोतहरुको प्रयोग तथा व्यवस्थापनले स्थानीय समुदाय र स्थानीय वातावरण बिच सघन सम्बन्ध स्थापित हुन्छ । जहाँ स्थानीय स्तरमा पाइने भूमी, पूँजी, पानी, बनस्पति, जडीबुटी, बन पैदावार, जिब जनवार र मानव जीवन बिचको अन्तर समब्नधलाई बढाउँदै लैजानु पर्छ भन्ने मान्यता राखिन्छ ।

यसरी स्थानीय साधन श्रोतहरुलाई व्यवस्थित रुपमा परिचालन गर्ने हो भने स्थानीय गाउँठाउँमा कृषि, पशुपालन, पर्यटन, मत्यपालन र बन पैदावारका क्षेत्रमा थप व्यवस्थित गर्न सकिन्छ । र महत्वपूर्ण कुरा के भने व्यक्ति व्यक्तिको भिन्न भिन्न समुदाय र स्थानीय वातावरण बिचको सह सम्बन्ध अझ राम्रो बनाउनका लागि स्थानीय साधन श्रोतहरुको व्यवस्थापन पनि राम्रोसँग गर्नुपर्दछ ।

तर, स्थानीय साधन श्रोतहरुको सहि सदुपयोग गर्न नसक्दा देशले अपेक्षित राष्ट्रिय लक्ष्यहरु हाँसिल गर्न सकेको छैन । साथै, सँघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बिच श्रोत परिचालनमा तालमेल नहुँदा कतिपय ग्रामीण स्थानमा श्रोत परिचालनमा कठिनाइ उत्पन्न भएका छन् ।

त्यसैगरी, हाम्रो देशको सामाजिक सँरचना, भौगोलिक अवस्थिती, स्थानीय सरकारसँग भएको नीतिगत जटिलता, स्थानीय राज्यसँग भएको बजेट तथा बजेट व्यवस्थापनको निश्चित अवधारणा नहुँदा स्थानीय साधन श्रोतहरुको व्यवस्थापन जटिल हुँदै गएको छ ।

साथसाथै, निश्चित स्थानीय समाजको एतिहासिक तथा सँस्कृतिक पक्ष, स्थानीय राजनीतिक दलहरु, स्थानीय सामाजका प्रबुद्ध समूह, सामाजिक कार्यकर्ताहरु र स्वयम् स्थानीय बासीहरुको सामाजिक परिस्थितले गर्दा स्थानीय साधन श्रोतहरुको परिचालन उपयुक्त ढँगले हुन सकिरहेको छैन।

त्यसैले, उपलब्ध स्थानीय साधन श्रोतहरुको उचित उपयोग तथा व्यवस्थापन गर्नु अवको आवश्कता हो । नेपालको सँविधान २०७२ अनुसार राज्यले अपनाएको सँघीय राज्य व्यवस्थामा सँघीय मामिला तया सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको श्रोत परिचालन समन्वयन शाखाले स्थानीय श्रोत परिचालनको बारेमा राज्यका तर्फबाट स्थानीय स्तरमा बिभिन्न प्रकारका कामहरु गर्दै आएको छ ।

जस्तै,
ड्ड स्थानीय तहको आन्तरिक श्रोत साधनको पहिचान र परिचालनमा सहजिकरण तथा समन्वय सम्बन्धी कार्य गर्नु ।
ड्ड स्थानीय तहको प्राकृतिक श्रोत साधन सम्बन्धी कर तथा राजस्व व्यवस्थापनमा सहयोग र समन्वय सम्बन्धी कार्य गर्नु ।
यसरी राज्यका तीनै सरकारले स्थानीय स्तरमा स्थानीय सँसाधानको उचित व्यवस्थानप गर्दा स्थानीय स्तरमा निम्न प्रकारका फायदा हुन्छन् ।

जस्तै,
ड्ड स्थानीय स्तरमा प्रत्येक व्यक्तिको आर्थिक वृद्धदर बढ्ने ।
ड्ड स्थानीय व्यक्तिले गुणस्तरीय जीवन जिउन सक्ने ।
ड्ड स्थानीय गाउँघरमा राम्रो उपभोक्तावादको अभ्यास हुने ।
ड्ड गाउँ र गाउँलेले सम्बृद्धिको अनुभूत गर्ने ।
ड्ड ग्रामीण स्थानामा यूवाहरुको लागि रोजगारीको अवसर श्रृजना हुने ।

त्यसैले, स्थानीय सरकारले स्थानीय स्तरमा प्राप्त हुने श्रोत साधनको उचित व्यवस्थापनको लागि रचनात्मक भूमिका खेल्नुपर्छ । त्यसैगरी, नेपालको संविधान २०७२ अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीच जिम्मेवारी र राज्यशक्तिको श्रोत साधानहरुको उपयुक्त बाँडफाँड गर्नु पर्दछ भन्ने नीतिगत धारणा छ ।

र, सोही अनुसार स्थानीय साधान श्रोतहरुको प्रयोग तथा व्यवस्थापन गर्नुपर्दछ । तर, स्थानीय साधन श्रोतहरु जस्तै, जल, जमिन, जंगल, कृषि पैदावार, खनिज पदार्थ, ऊर्जाजस्ता प्राकृतिक स्रोतहरूको स्थानीय स्तरमा अत्यधिक दोहन हुँदै गएको कुरा प्रष्ट छ । त्यसैले, स्थानीय गाउँठाउँमा श्रोत साधानहरुको उचित उपभोग मात्र होइन, श्रोत साधनको उपयुक्त व्यवस्थापन र सँरक्षण हुन पनि त्यत्तिकै जरुरी छ ।

त्यसैगरी, स्थानीय श्रोतहरु निम्न प्रकारका हुन्छन् ।
जस्तै,
ड्ड मानविय श्रोत साधान ।
ड्ड पूँजी तथा भौतिक सँरचना ।
ड्ड अन्य प्राकृतिक तथा वातावरणिय श्रोत साधनहरु ।
तर स्थानीय साधन श्रोतको प्रयोग उचित तरिकाले नभएको खण्डमा निम्न समस्याहरु आउन सक्छन् ।

जस्तै,
ड्ड स्थानीय वातावरणमा असन्तुलन आउने ।
ड्ड स्थानीय साधन श्रोतहरुको अधिक दोहन हुने ।
ड्ड स्थानीय साधन श्रोतहरुको क्षय भएर जाने ।
ड्ड स्थानीयबासीको साधन श्रोतमा पहुँच नहुने ।
ड्ड ग्रामीण अर्थतन्त्रको अवस्था कमजोर भएर जाने ।

त्यसैले, सँघीय राज्य व्यवस्थामा साधन श्रोतको व्यवस्थापन मुख्य चुनौती हो । त्यसैले स्थानीय स्तरमा पाइने साधन श्रोतहरुको पनि सोही अनुसार व्यवस्थापन हुनु आवश्कय छ । किनभने स्थानीय श्रोत साधनहरुको प्रयोग, परिचालन र व्यवस्थापनमा संघीयताले सँघीय, प्रदेश र स्थानीय तह बीच अन्तरसम्बन्ध, सहकार्य र सहयोगको अपेक्षा गरेको छ ।

किनभने ती स्थानीय श्रोत साधनहरु स्थानीय वातावरणबाट आउने गर्छन् । जस्तै, जमिन,पानी, हावा, खनिज पदार्थ, बनस्पती, जिव जन्तु र चरा चुरुङगी आदि । संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारीता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित छ । त्यसैले स्थानीय श्रोत साधानको प्रयोग तथा परिचालन गर्दा राज्यका सम्पुर्ण सरकारी तह बिच समन्वयन हुनुपर्दछ ।

किनभने उपलब्ध स्रोतसाधनहरुको प्रयोग वा उपयोगबाट मात्रै ग्रामीण विकास सम्भव हुने हुनाले संघीय शासन प्रणालीमा राज्यका सबै तहहरु बिच स्रोत साधनको व्यवस्थापन र अधिकार क्षेत्रका बारेमा स्पष्ट कार्यदिशा हुनुपर्दछ ।
नेपालको अर्थतन्त्र अझै पनि पूर्णरुपमा मौद्रीकरण हुन सकेको छैन ।

ग्रामिण अर्थतन्त्र र शहरी अर्थतन्त्र बिच ठूलो असमानता छ । किनभने स्थानीय स्तरमा स्थानीय साधान श्रोतको पूर्ण परिचालन हुन सकेको छैन । त्यसैले, संघ, प्रदेश र स्थानीय तहबीच स्थानीय श्रोत साधनहरुको व्यवस्थापमा समधारणा हुनु आवश्यक छ ।

स्थानीय श्रोत साधनको उचित व्यवस्थापनको पहिलो सर्त भनेको ग्रामीण अर्थतन्त्रलाई थप मजबुद बनाउन स्थानीय गाउँघरमा पुर्खेउली रुपमा सन्चालनमा आएका स्थानीय पेशा व्यवसायलाई ठिक ढँगले सन्चालन गर्नुपर्दछ । त्यसका लागि स्थानीय स्तरमा पाइने स्थानीय साधन श्रोतहरुको उचित प्रयोग, परिचालन र व्यवस्थापन गर्नुपर्दछ ।

त्यसैगरी, दोस्रो सर्त भनेको कृषि क्षेत्रमा थप सुधारको आवश्कयता छ । किनभने नेपाली अर्थतन्त्र मूलतः कृषि क्षेत्रमा आधारित छ । त्यसैले, कृषि कर्मसँग जोडिएका स्थानीय साधन श्रोतहरुको उच्चत प्रयोग र परिचालन गर्नु अबको प्रमुख लक्ष्य हो ।

किनभने कृषि पेशासँग सम्बन्धित श्रोत साधनहरु नै स्थानीय साधन श्रोतहरु हुन् । जस्तै, बिउ बिजन, पानी, माटो, कृषक, मल आदि । र तेस्रो पक्षमा भनेको जलस्रोत हो । राज्यको लागि जलस्रोत प्रमुख प्राकृतिक स्रोत हो । राज्यका सम्बन्धित निकायले जलस्रोतको उपयुक्त प्रयोगका लागि थप कार्य गर्नु जरुरी छ ।

जलस्रोतको प्रगोगबाट कृषि, उर्जाका क्षेत्रमा स्थानीय स्तरमा राज्यले उल्लेखिय उपलब्धि हाँसिल गर्न सकिन्छ । त्यसैगरी,चौथो पक्ष भनेको पर्यटन क्षेत्र र यस क्षेत्र बाट प्राप्त स्थानीय साधन श्रोतहरु हुन् ।

र पाचौँ र छैटौँ पक्ष भनेको क्रमस ग्रामिण पेशा तथा व्यवसाय र जँगल र जँगली जिब जन्तु हुन् । भने सातौ पक्ष भनेको प्रकृतिक जटिबुटी र अन्य स्थानीय बस्तु तथा सेवालाई लिन सकिन्छ । यी सबै स्थानीय साधन श्रोतहरुको उचित व्यवस्थापनबाट मात्र स्थानीय स्तरको विकास सम्भव छ ।

नेपाल संविधान २०७२ अनुसार स्थानीय साधन स्रोतहरुको व्यवस्थानपको लागि संघीय इकाई इकाई बीच जिम्मेवारिका साथ, स्थानीय सरकारका प्रत्येक इकाई सँग प्रशासनिक साझेदारी कायम गर्दै सहसम्बन्धको आधारमा स्थानीय तहमा लक्षित कार्यहरु सम्पादन गर्ने भनिएको छ ।

त्यसैगरी, स्थानीय साधन श्रोतको परिचालन तथा व्यवस्थापनका मुद्धामा संघ, प्रदेश र स्थानीय तहबीच बिवाद हुन सक्ने सम्भावना अनुमान गर्दै केहि नीतिगत र संस्थागत संयन्त्रहरुको व्यवस्था गरेको छ । सोही अनुसार स्थानीय श्रोत साधनको प्रयोग गर्नु अबको कार्यदिशा हो ।

तर, उपलब्ध स्रोत साधनहरुको प्रयोग उपयोगबाट मात्रै स्थानीय स्तरमा विकास हुने तर संघीय शासन प्रणालीमा राज्यका प्रत्येक तहहरु स्थानीय स्रोतसाधन प्राप्त गर्न र गलत ढँगले आफ्नो अधिकार क्षेत्र मिच्न तछाडमछाड भइरहेको छ ।

त्यसैले, संघीय शासन प्रणालीमा स्रोत साधनमाथिको अधिकार र ती साधान श्रोतको प्रयोग र उपयोगका केही स्थापित सिद्धान्तहरु छन् । त्यसैले, सोही अनुसार स्थानीय स्तरमा काम गर्नु अबको मार्ग चित्र हो । यस ढँगको बिधीले जल, जमिन र जँगलबाट प्राप्त हुने स्थानीय साधन श्रोतहरुको उचित ढँगले प्रयोग तथा परिचालन हुने पक्का छ ।

तर, बिश्वव्यापी रुपमा स्थानीय स्रोत साधनहरु जोगाउनु पर्छ भन्ने आवज बढ्दो छ । र स्थानीय साधान श्रोत भनेको स्थानीय गाउँठाउँमा पाइने भूमी, वन, पानी, खनिज, वनस्पति र जनावर, प्राकृतिक ग्याँस, सौर्य ऊर्जा, जैविक विविधताको समूह हो ।

त्यसैले ती सबै प्रकारका स्थानीय साधन श्रोतहरुलाई उचित व्यवस्थापन गरी राज्यले अबलम्बन गरेको संघीयताका मुलभूत सिद्धान्तहरुलाई सफल बनाउन सबै स्थानीय बासीहरुको सकृय सहभागिता र तीनै सरकार बिचको आपसी समन्यवन तथा सहकार्य अबको खाँचो हो ।

  • २८ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !