बेँसीसहर–चामे सडक पुनः अवरुद्धः स्याउ किसान चिन्तित

आजभोलि

मनाङ । मनसुन बाहिरिएपछि केही दिनदेखि देशैभर भारी वर्षा भएको छ । वर्षाका कारण करिब चार महिना लगाएर सञ्चालन भएको बेँसीसहर–चामे सडक खण्ड पुनः अवरुद्ध भएको छ । बेमौसमी वर्षापछि आएको बाढीपहिराले हिमाली जिल्ला मनाङको एक मात्र सडक सञ्जाल अवरुद्ध भएको छ ।

गत जेठ १४, ३१ र असार १ गतेको आएको बाढीपहिराले टुटेको सडक दसैँअघि मात्रै सञ्चालन भएको थियो । लामो समय लगाएर निर्माण गरिएको सडक आइतबारदेखि वर्षासँगै आएको बाढीपहिराले पुनः अवरुद्ध भएको हो ।

बाढीपहिराले सदरमुकाम चामेभन्दा तल्लो भागका अस्थायी पुल तथा सडकहरुमा क्षति पु¥याएको छ । केही स्थानमा मस्र्याङ्दीमा आएको बाढीले कटानसमेत गरेको छ । बेँसीसहरदेखि मनाङको सदरमुकामसम्मको ६५ किलोमिटरमध्ये लमजुङतर्फ उक्त खण्डको म्यार्दीसम्म ३५ किलोमिटरमा पनि सडकमा क्षति पुगेको छ ।

उक्त सडक खण्डको केही भागमा बाढीपहिराले सवारीसाधन चल्न सक्ने अवस्थामा रहेको छैन । म्यार्दीदेखि मनाङ सदरमुकाम चामेसम्मको विभिन्न स्थानमा बाढीपहिराले सडक र अस्थायी पुल बगाएकाले सवारीसाधन सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार चामे गाउँपालिकाको कोतो नजिकैको भिर, थान्चोक र तिमाङबीचको ठाउँमा पहिरा खसेको छ । “स्याक्र्यु खोलाको अस्थायी काठे पुलमा ठूलो मुढा अड्किएको छ । तिमाङखोलाको अस्थायी काठेपुलको केही भाग बगाएको छ”, प्रजिअ आचार्यले भने ।

नासों गाउँपालिकाको दानक्युको अस्थायी काठे पुलमा बाढीपहिराले क्षति पु¥याएको उहाँले बताउनुभयो । यसैगरी बगरछाप, एक्लेभट्टी, खोत्रो, निगालाघारीमा ठाडोखोलाले सडकमा क्षति पु¥याउनाका साथै सडक बगाएको उहाँको भनाइ छ । उक्त सडकअन्तर्गत माथिल्लो मनाङ जाने सडक तलेखुको माथिल्लो क्षेत्रमा मस्र्याङ्दी नदीले कटान गरी सडकमा क्षति पु¥याएको उनले बताए ।

भ्राताङदेखि तल र तलेखुदेखि माथिको भागमा मस्र्याङ्दीले कटान गर्नाका साथै डुबानमा परेको प्रजिअ आचार्यले बताए । “मस्र्याङ्दीमा आएको बाढीले तल्लो मनाङस्थित चामेभन्दा तल्लो भागको धारापानी, तालगाउँलगायत ठाउँमा बसोबास गर्दै आएका मनाङवासीलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छौँ”, उनले भने, “सडक भत्किएर मर्मत गरेर सवारी सञ्चालन गराउँला तर मानवीय क्षति हुनु अगावै सुरक्षित गराउन हाम्रो कर्तव्य हो । सोही अनुरुप बाढी पसेको क्षेत्रमा नबस्न आग्रह गर्दछु ।”

मनाङको मेरुदण्डका रुपमा रहेको बेँसीसहर–चामे सडकको १२ देखि १५ स्थानमा बाढीपहिराले क्षति पु¥याएको उहाँले बताउनुभयो । “मनाङको करिब २५ किलोमिटर अनुगमन गरेका छौँ । सडक पूर्ण रुपमा क्षतविक्षत छ”, उहाँले भन्नुभयो । जेठ असारमा बगाएको सडक मर्मत गरिएकामा फेरि बगाएको छ ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख इन्जिनियर अच्युत विलास पन्तले फूलपातीदेखि सञ्चालन भएको सडक एकादशीको दिनदेखि लगातार परेको वर्षापछि आएको बाढीपहिराले सडक अवरुद्ध भएको बताए । लमजुङ खण्डको अर्खलबेँसी, च्याम्चेलगायत क्षेत्रमा बाढीपहिराले सडकमा क्षति पु¥याए पनि अवरुद्ध भने नरहेको उनले बताए । मनाङ खण्डमा भने सवारी पूर्णरुपमा अवरुद्ध भएको उहाँले जानकारी दिए । “वर्षा रोकिएपछि सडक मर्मत थाल्नेछौँ”, उनले भने ।

प्रजिअ आचार्यले वर्षा रोकिएपछि एकै दिन सडक मर्मत सक्ने गरी योजना बनाएर अगाडि काम गरिने बताउनुभयो । भ्राताङदेखि तिमाङसम्म एउटा डोजर, दानाक्यु–बगरछाप क्षेत्रमा एउटा डोजर र धारापानी–ताल क्षेत्रमा एउटा डोजर लगाएर सडक मर्मत गरी सञ्चालन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

मनाङको मेरुदण्ड मानिने सडक निर्माणका लागि हामीले सेना–प्रहरी–सशस्त्र प्रहरीसमेत परिचालन गर्छौं,” आचार्यले भने । मनाङमा पर्यटक भित्रिने समय भए पनि सडक अवरुद्ध हुँदा समस्या सिर्जना भएको उनले बताए ।

भारी वर्षासँगै मनाङका विभिन्न स्थानमा बाढीपहिराको जोखिम बढ्दै गएकाले जिल्लामा आएर बस्दै आउनुभएका पर्यटकहरुलाई जहाँ बस्नुभएको छ । सोही स्थानमा सुरक्षित भएर बस्न समेत उनले आग्रह गरेको छ । “बँेसीसहर–चामे सडक खण्डअन्तर्गत वर्षापछि जोखिम बढेकाले सचेत हुनसमेत जिल्लावासीलगायत पर्यटकहरुमा अनुरोध गर्दछु,” प्रजिअ आचार्यले भने ।

बनेको सडक क्षतविक्षत भएपछि मनाङमा उत्पादित स्याउ बजारसम्म पु¥याउन समस्या भएको छ । सडक सञ्चालन भएसँगै खुसी भएका मनाङका स्याउ कृषकहरु फेरि सडक अवरुद्ध हुँदा बजारमा स्याउ पु¥याउन नपाउने हो कि भन्ने चिन्तामा पुगेका छन् ।

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !