गोरखामा वडा सदस्य भण्डारीद्वारा प्रहरी चेक्पोष्ट सञ्चालनमा पहल

आजभोलि

काठमाडौं। गोरखाका दुई वटा गाउँपालिकामा नयाँ प्रहरी चेकपोष्ट सञ्चालनका लागि पहल गरिएको छ। आरुघाट गाउँपालिकामा एक र गण्डी गाउँपालिकामा दुई गरी तीनवटा नयाँ प्रहरी चेकपोष्ट स्थापनाका लागि पहल गरिएको हो।

सञ्चारकर्मी विनोद सापकोटा, गण्डकी गाउँपालिकाका वडा नं. ४ वडा सदस्य हस्तराज भण्डारी, आरुघाट गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष मुरारी खनाल र जिल्ला ट्राफिक इन्चार्ज प्रेमप्रसाद पोखरेलले प्रहरी चेक्पोष्ट सञ्चालनका लागि पहल गरेका हुन्।

पछिल्लो समय सवारी दूर्घटना बढ्नुका साथै गाउँ, टोलमा मदिरा सेवन गर्ने, होहल्ला गर्ने, आपराधिक क्रियाकलापमा संलग्न हुनेको संख्या बढ्दै छ। यसले सवारी दूघर्टनादेखि जनजीवन अशान्त भएको गण्डकी गाउँपालिका ४ का वडा सदस्य हस्तराज भण्डारीले बताए।

उनी भन्छन्, ‘भर्खरै गण्डकी गाउँपालिका वडा नं. ४ दर्बुङ फाँटबाट बेनीघाटतर्पm आउँदै गरेको यात्रुवाहक जीप दूर्घटन भयो। सो दूर्घटनापछि एक, दुई दिन अनेत्रबाट प्रहरीहरु आएर डिउटी गरे त्यसपछि सून्य भयो।’ फेरि सवारी साधनमा पहिलाको जस्तै लापरवाही सुरु भयो।

भण्डारी भन्छन्, ‘पछिल्लो समय जतिपनि दूर्घटना भएका छन्। अहिलेसम्म भएका धेरैजसो दूर्घटना ओभरलोड र सवारी लापरवाहीका कारण भएको हो। त्यसलाई न्यूनिकरण गर्न ‘हामीले गाउँपालिकामा एउटा प्रहरी चेकपोष्टको माग गरेका हौं,’ वडा सदस्य भघण्डारी बताउँछन् ।

बेनीघाटको दूर्घटनामा सञ्चारकर्मी विनोद सापकोटा पनि परेका थिए। सो घटनापछि उनकै अगुवाइ र गाउँपालिका प्रतिनिधिको पहलमा प्रहरी चौकी स्थापना गर्न लागिएको हो वडा सदस्य भण्डारीले भने।

गाउँवस्तीमा शान्ति सुरक्षा कायम गर्न र यातायात दूर्घटनाबाट जनतालाई जोगाउनको लागि प्रहरी चेकपोष्टको आवश्यक महसुस गरेको गण्डकी गाउँपालिकाका वडा सदस्य भण्डारीले बताए । शान्तिसुरक्षा लगायत विकास निर्माणलाई पनि विशेष जोड दिएको भण्डारीले बताए ।

त्यसैगरी आरुघाट गाउँपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष मुरारी खनालले वडा नम्बर ८ र ७ को बीचमा पर्ने सातदोबाटेमा अस्थायी प्रहरी चेकपोष्ट र कच्ची मोटरबाटोलाई ग्राबेलिङ गर्दै गरेको, वडा कार्यालयको भवन निर्माण सम्पन्न हुन लागेको र विभिन्न मठमन्दिर, गुम्बा निर्माण भइसकेको बताएका छन् ।

त्यस्तै आरुघाट गाउँपालिका वडा नम्बर ८ र ७ लाई जोड्न स्तुल खोलामा मोटरेवल पुल निर्माणको तयारी भइरहेको जानकारी गराए । वडा प्रतिनिधि, सञ्चारकर्मी र जिल्ला ट्राफिक इन्चार्जको संयुक्त पहलमा उक्त प्रहरी चेकपोष्ट सञ्चालनार्थ पहल गरिएको हो । तिर

  • ८ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !