अध्यक्ष थापाद्वारा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा

आजभोलि

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष तीर्थबहादुर थापाले पार्टी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी आगामी मङ्सिर २४ देखि हुन लागेको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा आफूले उम्मेदवारी दिने जानकारी दिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष थापाले स्रष्टा, संस्कृतिकर्मीको हक, हित, अधिकार संरक्षण गर्न आफूले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गर्नुभयो । “समावेशी, समानुपातिक प्रतिनिधित्व हुने गरी बनेको संविधानले संस्कृतिकर्मीको हक र अधिकारलाई समेट्न सकेको छैन, कलाकर्मीको हक, अधिकार, सम्मान र प्रतिनिधित्वका लागि मैले केन्द्रीय सदस्य पदमा उम्मेदवार दिन लागेको हुँ,” उनले भने ।

उहाँले सहमति, सहकार्य, एकता र मेलमिलापलाई शिरोपर गर्दै गुटउपगुट, घात, अन्तर्घात, जालझेल–षड्यन्त्रलाई अन्त्य गर्दै हिमाल, पहाड र तराईको ‘संयोजक कांग्रेस’ निर्माण गर्न सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिन लागेको बताए ।

केन्द्रीय सदस्य पदमा घोषणा गर्नुभएका अध्यक्ष थापा कांग्रेसको क्षेत्रीय अधिवेशनमा लमजुङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

 

  • १४ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !