बैतडीमा एक लाख ४६ हजार मतदाताको नाम दर्ता

आजभोलि

काठमाडौं । फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रमअन्तर्गत बैतडीमा हालसम्म एक लाख ४६ हजार बढीको नाम दर्ता भएको छ ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलका अनुसार हालसम्म एक लाख ४६ हजार ८२ जनाले आफ्नो नाम दर्ता गराएका हुन् ।

विसं २०७७ पुस ५ सम्म मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या एक लाख ४४ हजार ९०२ रहेका छन् । तीमध्ये ७२ हजार ३४१ पुरुष, ७२ हजार ५५९ महिला र दुई जना तेस्रोलिङ्गी रहेका छन् । त्यसपछि हाल पालिकास्तरमा सञ्चालन भइरहेको विशेष कार्यक्रमअन्तर्गत एक हजार १८० जनाले नाम दर्ता गराइसेकेका छन् ।

निर्वाचन आयोगले यही मङ्सिर १७ गतेदेखि देशभरिका स्थानीय तहका केन्द्रमा फोटोसहितको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गरिरहेको हो । विसं २०७७ पुस ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिको सङ्ख्या भने एक लाख ४१ हजार ८९५ रहेको जनाइएको छ । १६ वर्षमा नेपाली नागरिकता बनाउने र १६ वर्षदेखि नै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि मतदान गर्नका लागि १८ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ ।

गएको पुस ५ गते सङ्घीय संसद् विघटनपश्चात मतदाता नामावली सङ्कलनको काम रोकिएकोमा त्यसपछि गत वैशाखदेखि पुनः सुरु भएर जेठ ८ सम्म सञ्चालन भएको थियो । त्यसपछि साउन १ गतेदेखि पुन ः नामावली सङ्कलनको कार्य सञ्चालन भइरहेको छ ।

हाल पालिकास्तरमा सञ्चालनमा रहेको नामावली सङ्कलन विशेष कार्यक्रम पुस ८ गतेसम्म सञ्चालन हुने छ । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भने निर्वाचनको मिति घोषणा नहुँदासम्म जारी रहने प्रमुख फुयाँलले बताउनुभयो ।

आफ्नो मताधिकार सुनिश्चित गर्न यसअघि छुट भएका सबै नागरिकलाई नामावलीमा नाम दर्ता गराउन आग्रह समेत गरिएको छ ।

  • २६ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !