राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

आजभोलि

काठमाडौं । खोटाङ रावाबेँसी गाउँपालिकाको केन्द्र हरमटारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ । हालसम्म दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट बैंकिङ कारोबार गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासनिक भवनमा उक्त कार्यालय सञ्चालनमा ल्याएको हो ।

हरमटारस्थित गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनमा स्थापना गरिएको वाणिज्य बैंकको शाखा कार्यालय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले मङ्गलबार संयुक्तरूपमा उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष रेग्मीले जनमैत्री सेवा प्रवाह गर्न राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक तथा कर्मचारीलाई आग्रह गरे ।

हरमटारमै बैंकको शाखा कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सहज भएको छ । यसअघि ६ घण्टा पैदलयात्रा गरी सेवा उपभोग गर्न दिक्तेल बजार धाउनुपर्ने बाध्यता थियो । दश स्थानीय तह रहेको जिल्लामा योसहित हाल पाँच शाखा सञ्चालनमा छन् । योसँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको सङ्ख्या २५७ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

  • ७ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !