हाकिम नम्बर दुईले नाकको पोरा फुलायो । उसको दाहिने गाला फरफराउनथाल्यो । शायद धिेरै रिस उठेपछि यस्तो हुँदो हो । उसले भन्यो “ म एक–एकलाई सिध्याइदिन्छु । ल , ठिक छ । तपार्इँहरू काम गर्नुस् न ।तपार्इँहरूका लागि म छु , जे पनि गर्न तयार छु ।”
हाकिम नम्बर तीनले आफ्नो लामो घुँघ्रेको कपाल सम्याउँदै भन्यो “सर, सरले याद गर्नुभएकै होला –म दिनरात अफिसको काममा लिप्त रहँदै आएकोछु । सरले आँत्तिनै पर्दैन । हामी छौँ सर , हामी । हो कि होइन म्याडम ?”
म्याडमले मुस्कुराउँदै हाकिम नम्बर दुईको अनुहारतिर हेरिन् मात्र । हाकिमनम्बर तीन सुरिएर उठ्यो । म्याम र हाकिम नम्बर दुई रिपोर्ट बनाउनक्याबिनतिर लागे । म तीन नम्बर हाकिमको पछिपछि लागेँ । ऊ सरासर दुईनम्बर हाकिमको कोठामा छि¥यो । लामो सास फेरेर कुर्सीमा बस्दै भन्यो “लु, कुरो गम्भीर आयो है सर । के के हुने हो अब , खोइ ?”
एक नम्बर हाकिमले अत्तालिँदै सोध्यो “किन र, के भयो ?”
”स्थिति भयावह छ । यो अफिसको सारा समस्याको समाधान गर्नुपर्ने जिम्मातपाईँको । यही मुसा समस्याको नै कुरा गरौँ न । तपाईँले ‘इनिसिसन’नलिएको भए के हुन्थ्यो ? भन्नूस त । कुरा गोप्य रहोस् –म्यामलाई चालीसप्रतिशत भत्ता खुवाएर चिफ बनाउने । अनि एउटा नयाँ डिपार्टमेन्ट बनाउने कुराभएको छ । मलाई त के लागेको थियो भने , तपाईँलाई चिफ बनाउलान् ।मलाई पनि त्यताको काम हेर्नु भनेको थियो । मैले म बस्दिन, बरु तपार्इँलाईजुनसुकै हालतमा भए पनि राख्दै पर्छ भनिदिएँ । ”
केही बेर सोचेर एक नम्बरले भन्यो “ हामीलाई कामसँग मतलब छ । कसरीहुन्छ राम्रोसँग काम गर्ने हो । अरु भत्तासत्ता केही मतलब छैन । तपाईँजस्तोआत्मीय र असल मानिस यो अफिसमा हुनु, एक किसिमले भन्ने हो भनेसौभाग्यको कुरा हो । ”
हाकिम नम्बर तीनले हौसिएर भन्यो“ ठिक भन्नु भयो तपाइँले । मलाई पनिकामबाहेक अरु कुराप्रति ध्यानै जाँदैन । अघि मिटिङ सक्नासाथ पूरा अफिसएक चक्कर लगाएँ । चारैतिर मुसा छ कि भनेर खोजेँ । एकएककुनाकाप्चामा मुसाले गरेको फोहर देखिन्छ कि भनेर खोजेँ । साह्रै थकाइलाग्यो । तपाइँकहाँ बसेर एक कप चिया खाउँ भनेर आएको ।”
ऊ मेरो आँखाबाट ओझेल भएकै थिएन ,उसको कुरा सुनेर मलाई अचम्मलाग्यो । उसले दुई नम्बर हाकिमसँग एक नम्बरको सिफारिस नै गरेको थिएन। त्यसपछि ऊ सरासर यही कोठामा आएको हो । अनि कतिखेर यसलेकुनाकाप्चा चहा¥यो त ? असल र राम्रा कर्मचारीको गुण शायद यस्तै हुँदो हो। एक नम्बर हाकिमले फोन गरेर चिया ल्याउन आदेश ग¥यो । आधा घण्टालगाएर उसले चिया सकायो । अनि हतार हतार माथिल्लो तलामा उक्लियो। आफ्नो केबिनमा छिर्नासाथ ठूलो स्वरमा करायो“ साथीहरू के केभइरहेको छ । यो मुसा काण्डले उग्र रूप लिसक्यो है । को को कारबाहीमापर्ने हुन् , के के हुने हो, केही ठेगान छैन ? ”
यति बोल्न नपाउँर्दै कोठभरिका मानिस उसको वरपर झुम्मिए । एउटालेसोध्यो “ सर, के भयो ? ”
उसले अनुहार गम्भीर पार्दै भन्यो “ मैले पूरा अफिस चक्कर लगाएर आएँ ।मेरो लठ्ठी नै भाँचिएला जस्तो भइसक्यो । मुसा विभिन्न ठाउँमा आवतजावतगर्दो रहेछ । हाम्राँ हाकिम साहेबले एक एक जनाको क्रियाकलाप नियालेरबस्नुभएको छ । स्थिति डरलाग्दो छ । होस पु¥याएर काम गरेन भने बर्बाद छ।”
ऊ फेरि कोठाबाहिर निक्लियो । अर्को कोठमा छि¥यो । त्याहाँ पनि उसलेउही कुरा दोह¥यायो । एवम् रीतले उसले सब कोठा चहा¥यो । यतिन्जेलमैखाजा खाने बेला भइसकेछ । कर्मचारीहरू क्यान्टिनतिर जान थाले । ऊ भनेआफ्नो कोठातिर छि¥यो ।
अब केही बेरमा विश्वविद्यालयबाट विशेषज्ञ आउनेवाला थिए । मलाईउनीहरूको कुरा पनि सुन्नु थियो । म क्यान्टिनतिर लागेँ । तीन नम्बर हाकिमभने उसकै क्याबिनमा थियो । खाजा खान निस्किएन ।
क्यान्टिनको पछिल्तिर ढोकानिर बसेँ । सबैजना मेरै कुरा गरिरहेका थिए ।हतार–हतार गरेर दुई नम्बर हाकिम छिरे । एक दम गम्भीर देखिन्थ्यो ।नमस्कार गरेको पनि फर्काएन । उसको पछिपछि म्याडम थिइन् । उनकोपछिपछि तीन नम्बर हाकिम पनि आइपुग्यो ।उसको हातमा स्टिक थियो ।खुइयय गरेर उसले भन्यो “ यो मुसुाले पनि साह्रै दुख दियो । बिहानदेखिएकछिन फुर्सद पाएको छैन । यसको बसोबासको बारेमा मैले केही प्रमाणफेला पारिसकेँ । केही दिनपछि मैले जानेको छु । ”
दुई नम्बर हाकिमले तीन नम्बर हाकिमको हातमा रहेको स्टिकतिर हे¥यो ।त्यसपछि अरुका हाततिर पनि हे¥यो । तीन नम्बरले बोकेको स्टिक ढोकाकोचेपमा राख्यो । दुई नम्बर हाकिम एकदम गम्भीर देखिन्थ्यो । मलाई दया पनिलाग्यो– कठै, मेरा कारणले यी सब हैरान भइरहेका छन् । यो ठाउँ छाडेर अन्तैकतै गइदिऊँ जस्तो पनि भयो । तर , यहाँको वातावरण मलाई राम्रोलािगरहेको थियो । पहिले न कतै पढेको, न सुनेको । देख्नु त परै जाओस्। हतारहतार खाजा खाएर दुई नम्बर हाकिमले तीन नम्बरलाई भन्यो भन्यो “ खाजापछि मेरो कोठामा आउनु होला । म्याम पनि आउनुहुन्छ ।युनिवर्सिटीका मानिसहरूसँग भेटघाट छ । ”
तीन नम्बर हाकिमले मुन्टो हल्लाएर सहमति दर्शायो । म्यामले खाजा थपी् ।क्यान्टिनकी साहुनीले अर्कै भाँडोबाट उनको भागमा खानेकुरा हालिदिइन् ।अरु कर्मचारीका लागि उनले अर्कै भाँडोबाट दिने गरेकी थिइन् ।म सरासर दुईनम्बर हाकिमको झ्यालतिर लागेँ । पछि धेरै मानिस भएका बेला छिर्नु खतराहुन्थ्यो । पहिले गएर आफ्ू सुरक्षित ठाउँमा बस्नु उपयुक्त हुन्छ भनेर महाकिम नम्बर दुईको कोठातिर लागेँ । उसले देख्ला भन्ने डरले उसकोपछिल्तिरको ¥याकमा लुकेँ ।ऊ आएर कुर्सीमा बस्यो ।सबैभन्दा पहिले म्यामआई । उसको अघिल्तिर नबसेर छेउमै बसिन् । हाकिमले भन्यो“ अहिले अरुपनि आउँछन्, बैठक कोठामा बसौँ न । ”
ऊ बैठक कोठातिर लागी । त्यसपछि तीन नम्बर हाकिम आइपुग्यो । उसकोहातको लठ्ठी देखेर म तर्सिएँ । त्यसपछि भृकुटी खुम्च्याउँदै हाकिम नम्बर एकआइपुग्यो । दुवैजना बैठक कक्षतिर लागे । उनीहरू गफ गरिरहेका थिए । मलुसुक्क र्याकमुनि छिरेँ ।
हातमा नोट कपी बोकेर हाकिम नम्बर दुई पनि छि¥यो । कुर्सीमा बस्दै उसलेभन्यो “विश्वद्यिालयका सरहरू पनि आइपुग्न लाग्नुभयो । तपाइँहरूले आ–आफ्नो कुरा राख्नुहोला । त्यसपछि सरहरूले जस्तो निर्देशन र सल्लाहदिनुहुन्छ, हामी त्यही अनुसार अघि बढौँ ।
केही बेरमा दुईजना भित्र छिरे । तीमध्ये एक जनाले छडके हाँसो हाँस्दै दुईनम्बर हाकिमसँग आफूसँग आएको मानिसको परिचय गरायो “दाइ, उहाँ विश्वविद्यालयमा प्राणीशास्त्र पढाउनुहुन्छ ।”
ए , परिचय गराउने मानिस दुई नम्बर हाकिमको साढुभाइ रहेछ ।
साढुभाइजीले गुनासो ग¥यो “उहाँ सरको बिजी शेड्यूल थियो । तैपनिदाइको अफिसको कुरा भनेर मैले कर गरेर लिएर आएको । खासमा भन्ने होभने यति सिरियस म्याटरको विषयमा अफिसमा बसेर रणनीति बनाउनैसकिन्न । अर्को मिटिङ् चाहिँ कुनै ‘रिसोटर्’तिर ‘अरेन्ज’ गर्नुप¥यो ।नेपालीलाई चाहिँ नचलाउने । ‘ब्ल्याक लेबल’सम्म चल्छ ।”
दुई नम्बरले एक नम्बरलाई आदेश दियो “ लु लु । फोन गरिहाल्नूस् । आउनेशुक्रबार जाने, शनिबार साँझ फर्किने । हामी कतिजना भयौँ , जम्मा छ जना। ”
एक नम्बरले एकदुई ठाउँ फोन गरेपछि जबाफ दियो “सर, यता नजिक साह्रैप्याक रहेछ । धुलीखेलमा गरेँ ।
साढुभाइजी प्रशन्न देखिए ।
(धारावाहिक लघु उपन्यास ‘ एउटा मुसाको आत्मकथा’ पाक्षिक रूपमा प्रकाशन गरिने छ । लेखक सम्पर्क [email protected] )