चाईना रिझाउन सापकोटा एमसीसी सदनमा टेवल गर्न चाहदैनन्

भिसा नदिएको बदला एमसीसीमा

आजभोलि

काठमाण्डौं । एमसीसी अनुदान अनुमोदनमा अड्चन पैदा गर्न दुई प्रकारका मानिस लागिपरेको पाइएको छ । एकथरी मानिस ती हुन् जो नेपाललाई अति माया गर्छन् र यो विदेशीको खेलमैदान नबनोस् भन्ने चाहन्छन्, अर्काथरी त्यस्ता व्यक्ति पनि एमसीसीविरुद्ध छन् जो देशलाई पर्ने असरबाट भन्दा पनि छिमेकीलाई पर्न सक्ने असरलाई लिएर अति चिन्तित छन् । सभामुख अग्नि सापकोटा पनि त्यस्ता व्यक्तिको कोटिमा पर्छन्, जसलाई देशको भन्दा छिमेकको चिन्ताले सताइरन्छ ।

प्राप्त जानकारीअनुसार सभामुख सापकोटा कुनै पनि अवस्थामा एमसीसी प्रस्ताव अनुमोदनका निम्ति ‘टेबल गर्ने’ पक्षमा छैनन् । प्रचण्डले नै भने पनि आदेश अवज्ञा गर्ने मानसिकता उनले बनाएका छन् । सापकोटाले आफ्नो अति निकटका व्यक्तिहरूसँग ‘मर्न परे त्यसको लागि तयार हुने, तर एमसीसी अनुमोदनको पक्षमा कुनै पनि प्रकारले सहयोग नगर्ने’ बताउँदै आएका छन् । अग्निको विचारमा अमेरिका साम्राज्यवादी मुलुक हो र एमसीसी अनुमोदन गर्दा साम्राज्यवादलाई सहयोग पुग्नेछ, त्यसैले सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने भए पनि उनले निष्पक्षतालाई चुनौती दिँदै एमसीसी अनुमोदनका विपक्षमा हाकाहाकी खडा हुने धारणा प्रकट गर्दै आएका छन् ।

सिन्धुपाल्चोकका अग्नि सापकोटा पहिल्यैदेखि अलिक आक्रामक र आवेगी व्यक्तिका रूपमा चिनिन्छन् । हिंसात्मक युद्धकालमा काभ्रे जिल्लाका अर्जुन लामाको हत्या गरेको आरोप सापकोटालाई लागेको छ र, यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । केही वर्षअघि अमेरिकाको भ्रमणमा जान लाग्दा हत्याको आरोप लागेकै कारण अमेरिकी दूतावासले उनलाई भीसा दिएको थिएन । त्यस घटनापछि सापकोटा अमेरिकासँग निकै क्रुद्ध भएका छन् । आफू एक महान् र सच्चा कम्युनिष्ट क्रान्तिकारी भएकोले ‘साम्राज्यवादी’ले भीसा नदिएको भन्ने बुझाइ सापकोटाको छ । यसकारणले पनि सभामुख सापकोटा अमेरिकाप्रति ज्यादा आक्रामक रहँदै आएका छन् ।

एमसीसी परियोजना मुलुकको विकासका निम्ति नभइ अमेरिकी साम्राज्य विस्तारका निम्ति ल्याइएको भन्ने सापकोटाको भनाइ छ । त्यसैले जस्तोसुकै दबाब आए पनि एमसीसी परियोजनालाई फिर्ता पठाउनेबाहेक अन्य विकल्पमा सोच्नै नहुने धारणा उनले माओवादी पार्टीभित्र पनि राख्दै आएको बुझिन्छ । सम्झौतामा सामान्य सुधार गरेर अनुमोदन गर्न सकिन्छ भन्ने माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको भनाइमा पनि सापकोटा सहमत नरहेको बताइन्छ । एमसीसी परियोजना नै चीनलाई दुःखाउन ल्याइएको हुँदा कुनै पनि स्थितिमा स्वीकार्य नहुने भनाइ सापकोटाको रहँदै आएको छ ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !