हेटौँडा सिमेन्ट उद्योग महाप्रबन्धकविहीन

आजभोलि

काठमााडौं । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ ।

पुसमा सिंहको कार्यकाल सकिएको भए पनि हालसम्म नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढन् नसकेकाले उद्योगको काम लथालिङ्ग भएको त्यहाँ कार्यरत प्राविधिक तथा कर्मचारीको भनाइ छ । साथै महाप्रबन्धकको समस्यासँगै हाल उद्योगको सिमेन्ट उत्पादन र बिक्रीसमेत ठप्प भएको बताइएको छ । उद्योगको ढुङ्गा धुलो पकाउने मेसिन ९किल्न० बिग्रिएर सिमेन्ट उत्पादन बन्द भएको हो ।

उद्योगको उत्पादन बन्द भएको एक महिनाभन्दा बढी भइसकेको छ भने पुस २६ गतेदेखि सिमेन्ट नहुँदा बिक्रीसमेत बन्द भएको बताइएको छ । बिग्रिएको मेसिन ९किल्न० चलाउनका लागि उदयपुर सिमेन्ट उद्योगसँग आवश्यक इँटा र मेसिन सापटी लिएर मर्मतको काम भइरहेको र केही दिनमा उत्पादन सुरु हुने उद्योग प्रशासनले जनाएको छ । सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै जीर्ण भइसकेकाले पटक–पटक बिग्रिने गरेको र क्षमताअनुसार उत्पादन गर्न सकेको छैन ।

यता उद्योगका मञ्जदुर सङ्घ–सङ्गठनले महाप्रबन्धक छिटो नियुक्त गर्न माग गरेका छन् । औद्योगिक मजदुर सङ्घ, नेपाल कारखाना श्रमिक सङ्घ र समग्र उद्योग ट्रेड युनियन नेपालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै संयुक्तरूपमा ध्यानाकर्षणपत्र जारी गरी महाप्रबन्धक नियुक्त गर्न माग गरेको जनाएको छ ।

ध्यानाकर्षणपत्रमा महाप्रबन्धकको कार्यकाल सकिनुअगाडि नै महाप्रबन्धकको नियुक्ति समयमा गर्न आग्रह गरेको स्मरणपत्रमा उल्लेख छ । सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट महाप्रबन्धक नियुक्ति गर्ने व्यवस्था छ ।

प्रेमशङ्कर सिहंले विसं २०७१ देखि निरन्तर महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आउनुभएकामा पुसदेखि उहाँको कार्यकाल सकिएको हो । हाल त्यहाँ ३४१ प्राविधिकसहित कर्मचारी रहेका छन् । हेटौँडामा रहेका निजी क्षेत्रका शिवम् र रिद्दीसिद्दी सिमेन्ट उद्योगको अवस्था भने राम्रो छ ।

  • २५ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !