काभ्रे कांग्रेस सङ्गठन विस्तार अभियानमा

आजभोलि

काठमाडौं । नेपाली कांग्रेस काभ्रेले यही फागुन पहिलो साता एकहप्ते अभियानमार्फत वडास्तरमा विभिन्न भातृ, शुभेच्छुक समिति गठन गरेको छ । फागुन १ गतेदेखि सञ्चालित सङ्गठन विस्तार अभियानअन्तर्गत महिला, तरुण, विद्यार्थी, दलित, किसान सङ्घ तथा टोल कार्यसमिति गठन भएको जनाइएको छ ।

जिल्लाका छ नगरपालिका र सात गाउँपालिकामा १३५ वडा छन् । एकहप्ते अभियानअन्तर्गत शनिबारसम्म महिला, तरुण, विद्यार्थी, दलित, किसान सङ्घ तथा टोल कार्यसमिति गठन भएको पार्टीका जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईँले बताउनुभयो । उहाँका अनुसार करिब ५० प्रतिशत वडा कार्यालय स्थापना गरिएको छ । “करिब ५० प्रतिशत वडामा कार्यालय थिएन, सङ्गठन विस्तारसँगै कार्यालय पनि स्थापना गरेका छौँ, कतिपय स्थानमा अन्य दलबाट कांग्रेस पार्टीमा प्रवेश कार्यक्रम पनि भए”, उहाँले भन्नुभयो ।

नवनिर्वाचित कार्यसमितिको गत माघ अन्तिम साता भएको पहिलो बैठकले वडास्तरमा भातृ सङ्गठन विस्तार र सदस्यता वितरण गरिने निर्णय गरेको थियो । पार्टी सङ्गठनलाई सुदृढ एवं चलायमान बनाउने अभियानअन्तर्गत नै गत माघ २९ गते जिल्लास्थित पालिका सभापति र वडा सभापतिका लागि एक दिवसीय प्रशिक्षण कार्यक्रम सकेर पार्टीले सङ्गठन विस्तार अभियान थालेको हो ।

पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत गत असोज पहिलो साता वडा अधिवेशन, दोस्रो साता स्थानीय तह अधिवेशन, मङ्सिर पहिलो साता प्रदेश क्षेत्रीय अधिवेशन र दोस्रो साता प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।

  • ८ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !