शनिबार जङ्गीअड्डामा म्याराथनसहित चार विधाका दौड हुने

आजभोलि

काठमाडौं । प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितामा करिब एक हजार ५८० धावकको सहभागिता रहने भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानमा शनिबार बिहान ७ बजे म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता प्रारम्भ हुँदैछन् ।

सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतका अनुसार बिहान ७ बजेदेखि पाँच मिनेट समय अन्तरालमा म्याराथन, हाफ म्याराथन, १० किमी दौड र पाँच किमी दूरीको वाकाथन प्रारम्भ हुनेछ । सैनिक–नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्य रहेको प्रतियोगिताको नारा ‘मनोरञ्जनका लागि खेल’ भन्ने छ ।

प्रतियोगिताअन्तर्गत ४२।१९५ किमी पुरुष म्याराथन, २१ किमी महिला–पुरुष हाफ म्याराथन, सैनिक अधिकृत र सैनिक सहचारी महिला–पुरुषको १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सो भन्दामाथिका रथीवृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथन हुनेछ ।

म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिनेछ । हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगर पुरस्कार पाउने छन् ।

प्रतियोगितामा मुलुकका ख्यातिप्राप्तका अतिरिक्त रक्षा मन्त्रालय, युवा तथा खेलकुद, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, खेलकुद पत्रकार मञ्चका प्रतिनिधि पनि धावकका रूपमा सहभागी हुनुहुनेछ । ‘एकता नै बल हो, आउनुस् खेलका माध्यमबाट हातेमालो गरौँ’ भन्ने नारा दिएर यो प्रतियोगिता विसं २०७२ देखि आरम्भ गरिएको हो ।

  • १३ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !