सहमतिमा मात्रै एमसिसी पास गर्नुपर्छ : अध्यक्ष नेपाल

आजभोलि

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताएका छन् ।

कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताए । उहाँले एमसिसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष नेपाललले आफ्नो पार्टीले एमसिसीका विषयमा सबै राजनीतिक दलका बीचमा गहन अध्ययन र छलफल भएर मात्रै अगाडि बढाउनुपर्ने कुरामा जोड दिए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमसिसीका विषयमा पार्टीले जे धारणा अघि सार्छ सोही विषयमा आफूहरु अगाडि बढ्ने बताउनुभयो । उनले भने, “समाजवादीका मन्त्रीहरु एमसिसीका पक्षमा मत जाहेर गर्छन् भन्ने हल्ला चलाइएको छ, हामी पार्टीले जे निर्णय गर्छ, त्यही हाम्रो अन्तिम निर्णय हुनेछ, हामी आफूखुशी केही गर्नेवाला छैनौँ ।”

यसैगरी मन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रको विकास र विस्तारका लागि आफू लागि परेको जानकारी दिनुभयो । धनगढी विमानस्थलसहित देशैभरिमा रहेका विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालय हरहमेशा लागिपरेको उहाँको भनाइ थियो ।

  • १३ फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !