बैतडीमा स्थानीय तह निर्वाचनको तयारी तीव्र

आजभोलि

काठमाडौं । जिल्ला निर्वाचन कार्यालयले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो ।

मिति घोषणासँगै मतदाता नामावली सङ्कलन स्थगित गरिएको छ । अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको छ । नामावलीउपर दाबी विरोध गर्न आह्वान गरिएको छ ।

सरकारले तोकेकै मितिमा निर्वाचन गर्नका लागि आन्तरिक तयारी थालिएको कार्यालय प्रमुख माधव फँुयालले जानकारी दिनुभयो । मतदाता परिचयपत्र हराएका अवस्थामा नयाँ बनाउने प्रयोजनका लागि निवेदन दिन आह्वान गर्नुका साथै यही फागुन १९ मतदाता नामावली प्रकाशित गरिने भएको छ । उहाँले भन्नुभयो, “फागुन १९ गते जिल्लाका सबै वडामा मतदाता नामावली प्रकाशन ग¥र्छौं, त्यसपछि निर्वाचन कार्यालयलमा सच्याउने, हटाउने काम हुन्छ ।”

मतदाता नामावली प्रकाशन भएपछि मृत्यु भएका, बसाइँसराइ गरेका नामउपर दाबी विरोधको समय फागुन २३ गतेसम्म राखिएको छ । फागुन २३ गतेसम्म दाबी विरोधको फारम निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्नेछ । यसका साथै निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्न, निर्वाचन केन्द्र र सङ्ख्या निर्धारण गर्न, कर्मचारी व्यवस्थापन गर्ने कार्यको समेत तयारी थालेको छ ।

जिल्लामा स्थानीय तह निर्वाचनका लागि १२९ मतदानस्थल तोकिएका छन् । यहाँ एक लाख ५० हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

  • १६ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !