सांस्कृतिक पर्वले राष्ट्रियता एकता बलियो : मुख्यमन्त्री शाही

आजभोलि

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सांस्कृतिक पर्वले नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताएका छन् ।

हिमाली आदिवासी शेर्पा समुदायले मनाउने ‘ग्याल्पो ल्होसार, २०७८’ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सांस्कृतिक विविधता नेपालको विशिष्ट पहिचान भएको जनाए ।

शेर्पा समुदायको नयाँ वर्ष ‘ग्याल्पो ल्होसार’को अवसरमा स्वदेश तथा विदेशमा बस्दै आउनुभएका सम्पूर्णमा नेपाली आमाबुबा, दाजुभाइ र दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । पुरानो ध्वजाका ठाउँमा नयाँ ध्वजा राखी नौ प्रकारका अन्न मिसाइएका अन्न खाँदै नयाँ वर्ष स्वागत गरेर मनाउने यस पर्वले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पु¥याएको उनले बताएका छन्।

मुख्यमन्त्री शाहीले शुभकामनामा भन्नुभएको छ, “बहुजातीय, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभाषिक र भौगोलिक विविधताले भरिपूर्ण देश नेपालमा विद्यमान पर्वमध्ये आज परेको ‘ग्याल्पो ल्होसार’ले नेपालीमाझ आपसी सद्भाव, विश्वास, एकता, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने विश्वास लिएको छु ।” यस पर्वले नेपालीहरुमा नयाँ उमङ्गसहित हर्षोल्लास, शान्ति र भातृत्वको सन्देश फैलाउन सकोस् भन्ने उहाँले कामना गरेका छन् ।

  • १९ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !