‘सहमतिबाटै महाअभियोग’

आजभोलि

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन् ।

पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको हो भने ।

उनले भने, “जनताको पार्टी बनाउनका लागि हामीले गाउँ फर्किने अभियान सञ्चालन गरेका छौँ । नेतादेखि कार्यकर्तासम्म सबै जनतामा फर्किन आवश्यक छ ।”

उहाँले पुस्तकले माओवादी आन्दोलनलाई संस्थागत गर्नमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । पुस्तकका लेखक महतराले जनयुद्धका समयमा आफूले पत्रकारिताका क्रममा भोगेका अनुभव र अनुभूतिलाई पुस्तकमा समेट्नुभएको छ । पुस्तकमाथि प्रेस सेन्टर नेपालका पूर्वअध्यक्ष महेश्वर दाहाल, वरिष्ठ पत्रकार डा दीपेन्द्र रोकाया, पत्रकार महासङ्घका पूर्वसचिव प्रभात चलाउनेले टिप्पणी गर्दै यसले कठिन समयको स्मरण गराएको बताए ।

  • २२ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !