पाँचपोखरी क्रिकेटको उपाधि भोताङलाई

आजभोलि

काठमाडौं । पाँचपोखरी टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ । मूलपानीस्थित खेलमैदानमा शनिबार भएको फाइनलमा पाँचपोखरी क्रिकेट टिमलाई ६८ रनले पराजित गर्दै सो टिमले उपाधि उचालेको हो ।

पहिले ब्याटिङ गरेको भोताङ टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२४ रन बनाएको थियो । जवाफी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाँचपोखरी टिम ५६ रनमा अलआउट भयो । जितसँगै उपाधि विजेता पाँचपोखरी भोताङ टिमले नगद रु ७५ हजार पुरस्कार पाएको छ । उपविजेता पाँचपोखरी टिमले रु ४० हजार पाएको छ । प्रतियोगितमा जिल्लाका सात टिम सहभागी थिए ।

प्रतियोगितामा बेस्टबलर आर्यान धिताल, बेस्ट व्याटस्म्यान रेन्जिङ लामा, म्यान अफ दि सिरीज सार्थक धिताल चुनिनुभयो । नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष रोशनकुमार सिंह, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पुरस्कार वितरण गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले खेतको गह्राबाट सुरु भएको क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा खेल्नु विशेष उपलब्धिमूलक भएको बताउनुभयो । गाउँपालिकाले विसं २०७४ देखि निरन्तररूपमा जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन संस्करण सम्पन्न गरेको थियो ।

  • २२ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !