घाँटी रेटेर परालले छोपेको अवस्थामा महिला मृत फेला

आजभोलि

काठमाडौं । भक्तपुरमा मृतावस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । गए राति चाँगुनारायण नगरपालिका–७, बागरेस्थित तरकारी खेती हुँदै आएको जग्गामा टिनको कच्ची टहराभित्र महिलाको शव फेलापरेको थियो ।

मृत फेलापरेकी महिला जेनिसा नगरकोटी रहेको खुलेको छ । उनको स्थायी ठेगाना काभ्रेको नमोबुद्ध रहेको पनि खुलेको छ । उनी मृत भेटिएकै स्थानवरपर बस्दै आएको र मजदुरी काम गर्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

उनको शव परालले छोपेको अवस्थामा भेटिएको थियो । मृतक महिलाको घाँटी अगाडिको भागमा गहिरो चोट, शरीरका अरू भागहरूमा समेत काटेको चोटहरू र अर्धनग्न अवस्थामा रहेको थियो ।
घटनाको प्रकृति हेर्दा उनको हत्या भएको प्रहरी अनुमान छ । उनको हत्या शनिबारदेखि आइतबारको बीचमा भएको हुन सक्ने अनुमान छ । मृतकका श्रीमान् पनि मजदुरी गर्दै आएका थिए ।

 

  • २४ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !