काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा ९एमाले०मा प्रवेश गर्ने भएकी छिन् । मानन्धरलाई आज दिउँसो १ बजे पार्टीको केन्दीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
नेपालमा सफल अभिनेत्रीका साथै निर्मात्रीका रुपमा समेत सफल हुँदा हुँदै बाबु साहेब चलचित्रको असmलताका कारण निरास भएर अमेरिका भासिएकी उनी पछि पुनस् नेपाल फर्किएकी थिइन् । उनले फागु नामक चलचित्र निर्माण गरे पनि उक्त चलचित्र समेत असफल बन्न पुग्यो ।
अभिनेत्री मानन्धर एक समय डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा समेत केन्द्रीय सदस्य बनेकी थिइन् । त्यस ताका उनी माध्यमिक तहको अध्ययनमा समेत सक्रिय भइन् । उनले एसईई उतिर्ण गरेपछि उच्च माध्यमिक स्तरको पढाईलाई निरन्तरता दिई रहेकी छिन् ।
पछिल्लो समय अभिनेता पूष्पविक्रम उर्फ पल शाहलाई एक नाबालिका गायिकामाथि जबरजस्ती करणीको अभियोग लाग्दा सत्यको जति हुन्छ भन्दै प्रतिक्रिया दिँदा कानूनको खिल्ली उडाएको आरोप लागेकी उनी राजनीतिक रुपमा भने निश्क्रिय रहेकी थिइन् । उनी नयाँ शक्ति पार्टीमा लाग्दा लाग्दै आफसे आफ निश्क्रिय बनेकी हुन् ।
करीब एक महिनादेखि ओलीको हातबाट एमालेमा प्रवेश गर्ने इच्छा राखेकी उनको पार्टी प्रवेशको साइत आजलाई जुरेको छ ।