स्थानीय निर्वाचन : चितवन कांग्रेसले सबै वडामा प्रतिनिधि खटायो

आजभोलि

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले स्थानीय निर्वाचन २०७९ लक्षित गरी सबै वडामा प्रतिनिधि खटाएको छ । कांग्रेसले जिल्लाका सात पालिकाका ९८ वडामा प्रतिनिधि खटाएको हो ।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार खटिएका प्रतिनिधिलाई बिहीबार अभिमुखीकरण गरिएको छ । खनालको भनाइमा ती प्रतिनिधि यही चैत १२ गते बिहानदेखि आ–आफ्नो वडामा खटिने छन् । ‘घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत वडा कमिटी र कार्यकर्तालाई परिचालन गरेर उनीहरुले घरदैलो कार्यक्रम गर्नेछन् । पाँच दिनसम्म वडामा रहेर प्रतिनिधिले काम गर्ने खनालले जानकारी दिनुभयो ।

पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्य, प्रदेश प्रतिनिधि र केही बौद्धिक क्षमता भएका पार्टीका बुद्धिजीवीलाई खटाइएको छ । उनीहरुले घरदैलोसँगै वडामा पार्टीको अवस्थाबारेमा पनि अध्ययन गर्ने छन् । अधिकांश वडामा टोल समितिसमेत गठन भइसकेको छ । शनिबार बिहान ११ः३० बजे एकैसाथ जिल्लाका ९८ वडामा अभियान सुरु गरिने छ ।

पार्टीले फागुन २९ गते जिल्लामा अभियान सुरु गरेको थियो । चैत १ गते सङ्घीय क्षेत्रमा र चैत ७ गते पालिकामा चुनावी अभियान सुरु गरिएको छ । जिल्लामा नेपाली कांग्रेसको क्रियाशील सदस्य सङ्ख्या २८ हजार रहेको छ । सात पालिकाका ९८ वडामध्ये गत निर्वाचनमा कांग्रेसले ३५ वडा जितेको थियो । इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एवं भरतपुर महानगरपालिकामा उपप्रमुखबाहेक अन्यत्र नेतृत्व कांग्रेसले गुमाएको थियो । खनालले भन्नुभयो, “जिल्लाको स्थानीय तहमा बर्चश्व कायम हुने गरी अभियान थालेका छौँ ।”

  • ११ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !