मकवानपुरगढी बालमैत्री गाउँपालिका घोषित

आजभोलि

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्नुभएको छ ।

मकवानपुरगढी गाउँपालिका–५ स्थित खेलमैदानमा शनिबार आयोजित एक समारोहबीच उहाँले सो गाउँपालिकालाई नेपालकै चौँथो र जिल्लाको तेस्रो बालमैत्री गाउँपालिका घोषणा गर्नुभएको हो ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेको सूंचक र मापदण्ड पूरा गरेकाले सो गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री गाउँपालिका घोषणामा सहयोग पु¥याउने सबै वडालाई ताम्रपत्रद्वारा सम्मान गर्नुका साथै गाउँपालिकाका पूर्वजनप्रतिनिधि, सामाजिक व्यक्तित्व, राजनीतिक व्यक्तित्व तथा गैरसरकारी सङ्घ संस्थालाई सम्मान गरिएको थियो ।

समारोहमा सिमलटार र भालुखोला क्षेत्रबाट हजारौँ सङ्ख्यामा पञ्चेबाजा, खैजडी भजन, तामाङ समुदायका झाँकीलगायत साँस्कृतिक कार्यक्रम गरिएको थियो । त्यस्तै राष्ट्रिय कलाकार निशान भट्टराई, स्वस्तिका ढकाल, प्रकाश तामाङ तितुङले आफ्नो साङ«गीतिक प्रस्तुति दिनुका साथैं विद्यालयका बालबालिकाले गायन, नृत्य तथा नाटक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सङ्घीय अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, संविधानसभा सदस्य प्रल्हाद लामिछाने, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवे, गाउँपालिकास्तरीय बालसञ्जालका अध्यक्ष विशाल तिमल्सिना, मनहरि गाउँपालिका अध्यक्ष एकराज उप्रेती, बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखलगायत सामाजिक सङ्घ संस्था तथा राजनीतिक दलका प्रतिनिधि उल्लेखनीय सहभागिता थियो ।

  • १३ चैत्र २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !