विश्व खेलकुद दिवसमा लुम्बिनीमा वाकाथुन

आजभोलि

भैरहवा । नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय खेलकुद दिवसका दिन बुधवार वाकाथुन, द्विप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गर्ने भएको छ ।

विश्व भर अप्रिल ६ ९चैत्र २३० का दिन विकाश र शान्तिको लागी अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदैछ । यसै क्रममा बुद्ध जन्मस्थल लुम्बिनीमा कार्यक्रम आयोजना हुन गैरहेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिब सुजन लाल श्रेष्ठले जानकारी दिए ।

लुम्बिनीमा वाकाथुन, द्विप प्रज्वलन साथै लुम्बिनी स्थित बिभिन्न स्वदेशी तथा बिदेशी बिहारका भिक्षुहरुको उपस्थितीमा विश्व शान्तिका लागी प्रार्थना गरीने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसी, प्रदेशका खेलकुद मन्त्री वसिउद्धिन खान, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, लुम्बिनी बिकाश कोषका उपाध्यक्ष भिक्षु मेत्ता समेत सहभागी हुनेछन् ।

मुख्यमन्त्रीले बिश्व शान्ति द्धिप रहेको स्थानबाट बेलुन उडाएर वाकाथुन कार्यक्रम सुरु गर्ने र वाकाथुन मायादेवी मन्दिर परीसरमा सम्पन्न हुनेछ ।

  • २३ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !