सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : प्रिन्स र राजपुरा उत्कृष्ट

आजभोलि

काठमााडौं । ब्याडमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा दुवै जनालाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको हो ।

अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा पनि मनोनयनमा परेका थिए । दुवै जनालाई पछि पार्दै दाहाल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् । दाहाल यसै वर्ष ब्याडमिन्टनको विश्व वरियताको जुनियरतर्फ शीर्ष स्थानमा पुग्न सफल भएका थिए । वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा राजपुरासँगै भलिबलकी सरस्वती चौधरी र फुटबलकी उषा नाथ पनि परेका थिए ।

यस्तै वर्ष प्रशिक्षकको अवार्ड भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जिते । उनको प्रशिक्षणमा नेपालले लगातार दुईपटक एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो । वर्ष युवा खेलाडीको अवार्ड फुटबलकी चन्द्रा भण्डारी, सुदूरपश्चिम आइकन ९पुरुषतर्फ० फुटबलका कुवेर सिंह र सुदूरपश्चिम आइकन ९महिलातर्फ०को अवार्ड बक्सिङकी स्वस्तिका तिरुवाले जिते । यस्तै क्रिकेट प्रशिक्षक अर्जुन खड्कालाई मरणोपरान्त स्पेशल अवार्ड समर्पित गरिएको छ । खड्काले डेढ दशक क्रिकेट प्रशिक्षण गरेर खेलाडी उत्पादन गरेका थिए ।

लाइफटाइम अचिभमेन्ट अवार्ड लालबहादुर खड्कालाई प्रदान गरिएको छ । उनकै प्रशिक्षणमा सुदूरपश्चिमले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेको थियो । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही रु ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई रु ३० हजार तथा वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेतालाई जनही रु २५ हजारबाट पुरस्कृत गरिएको थियो । सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई जनही रु २० हजारसहित ट्रफीबाट सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

  • ३० चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !