जनमोर्चाका केन्द्रीय अध्यक्ष नाम्गेल मुक्तानको उपस्थितिमा देशभक्त जनमोर्चाको प्रथम भेला सम्पन

आजभोलि

काठमाडौं । अहिले नेपालमा पार्टीहरु टुट्ने, फुट्ने, नयाँ निर्माण हुने बाढी आइरहेको छ । त्यसै मेसोमा देशभक्त जनमोर्चा नेपालको बागमती प्रदेश भेला २०७८ चैत ३० गते काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त भेलामा जनमोर्चाका केन्द्रीय अध्यक्ष नाम्गेल मोक्तान र कोषाध्यक्ष भोजराज खनालको विशेष उपस्थिति रहेको थियो । भेलाले १७ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको छ ।

जसमा अध्यक्ष–दीपकप्रसाद दाहाल (भक्तपुर), सचिव राममणि सिटौला (नुवाकोट), कोषाध्यक्ष–गङ्गा केसी (सिन्धुपाल्चोक)लगायतको कार्यसमिति चयन गरेको छ ।

स्थानीय निर्वाचन नजिकिँदै गर्दा आ–आफ्नो राजन्ीितिक प्रभाव र हैसियत अनुसार उम्मेदवारी घोषणा गर्ने लहर नै चलेको छ । विभिन्न पार्टीका स्थानीय नेताहरुले आफ्नो उम्मेदवारी दावी गर्ने क्रमपनि बढेको छ ।

त्यसैगरी आदेशभक्त जनमोर्चा नेपालका अध्यक्ष दीपकप्रसाद दाहाल सुर्यविनायक नगरपालिका मेयर पदमा स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् ।  यसपालिका निर्वाचनमा पार्टीका ट्याग लागेका उम्मेदारभन्दा स्वतन्त्र उम्मेदवारको उपस्थिति अर्थपूर्ण देखिने सर्वसाधारणको आँकलन छ ।

 

 

 

 

 

  • ३ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !