हात नभएको लिङ्गो जात्रा सम्पन्न

आजभोलि

काठमाडौं । भक्तपुरको प्रसिद्घ बिस्का जात्राको अन्तिम दिन आज सोमबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ ९हात नभएको लिङ्गो० ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो आज विधिपूर्वक पूजा गरी ढालिएको हो ।

ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोकोे टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ । यो लिङ्गोमा काठको नाकसमेत राखिएको हुन्छ । लिङ्गोमा बाँधिएको चार वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गरिन्छ ।

यो जात्रा सम्पन्न भइसकेपछि गःहिटिमा राखिएको भैरवनाथको रथलाई साँझ तान्न मिल्ने अवस्थामा राखिन्छ । यो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल हुनाका साथै सत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता छ । आजको जात्रासँगै नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुन्छ ।

  • ५ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !