म्याग्दीमा ४१ जनाले उम्मेदवारी फिर्ता लिए

आजभोलि

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उम्मेदवारी फिर्ता गरेका छन् । म्याग्दीका छवटा स्थानीय तह र ४५ वटा वडामा वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार मनोनयन दर्ता गराएकामध्ये विभिन्न पदका ४१ ले फिर्ता लिएका जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाभर कूल उम्मेदवारको सङ्ख्या ७१८ जना कायम भएको छ । अध्यक्ष÷प्रमुखमा तीन, उपाध्यक्ष÷उपप्रमुखमा पाँच, वडा अध्यक्षमा ११, महिला सदस्यमा पाँच, दलित महिला सदस्यमा चार र खुल्ला सदस्यमा १३ जनाको उम्मेदवारी फिर्ता भएको कार्यालयले जनाएको छ ।

बेनी नगरपालिकामा २३, धौलागिरि गाउँपालिकामा पाँच, मङ्गला गाउँपालिकामा सात र रघुगङ्गा गाउँपालिकामा छ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् । अन्नपूर्ण र मालिका गाउँपालिकामा कसैले पनि उम्मेदवारी फिर्ता गरेनन् । जिल्लाभर पालिका अध्यक्ष÷प्रमुखमा २९, उपाध्यक्ष÷उपप्रमुखमा २३, वडाध्यक्षमा १४९, सदस्यमा २७५, महिला सदस्यमा १२५ र दलित महिला सदस्यमा ११७ जनाको उम्मेदवारी कायम भएको छ ।

धौलागिरि गाउँपालिकाको वडा नम्बर १ गुर्जाको वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी बेनी नगरपालिकामा माओवादीले नगरप्रमुख र कांग्रेसले उपप्रमुखको उम्मेदवारी फिर्ता गरेर चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार पाँच दलीय गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले धवलागिरी गाउँपालिकाबाहेक सबै स्थानीय तहमा दर्ता गराएको उम्मेदवारी फिर्ता गरेको छ ।

बेनीको मेयरको उम्मेदवारबाट माओवादीका धनलाल जैसी र नेकपा एकीकृत समाजवादीका कृष्णकुमार विश्वकर्माले मनोनयन फिर्ता गर्नुभएको छ । उपमेयरमा नेपाली कांग्रेसका अमृतदेवी बानिया र नेकपा एकीकृत समाजवादीकी मुना बानियाले फिर्ता गर्नुभएको हो । मङ्गलामा एकीकृत समाजवादीका अध्यक्षका रुद्र किसान, उपाध्यक्षका कल्पना सापकोटा, नेशनल मङ्गोल अर्गनाजेशनका उपाध्यक्षकी भूमि पुन, बेनपा ८ को वडाध्यक्षमा राप्रपाका झलप्रसाद गौचन, बेनपा ७ मा स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठलगायतले मनोनयन फिर्ता लिनुभएको छ ।

  • १७ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !