वृत्तचित्र निर्माणमा अनिश गहतराज प्रथम

आजभोलि

काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको छोटो वृत्तचित्र निर्माण प्रतियोगितामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का अनिश गहतराज प्रथम हुनुभएको छ । शे–फोक्सुण्डो डोल्पासम्बन्धी छोटो वृत्तचित्र निर्माण गर्नुभएका उहाँले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नुभयो ।

डोल्पाको त्रिपुरासुन्दरी छलामष्टासम्बन्धी वृत्तचित्र निर्माण गर्नुभएका वीरेन्द्रनगर नगरपालिका–८ का किरणकुमार बैगार र शे–फोक्सुण्डो डोल्पासम्बन्धी नै वृत्तचित्र निर्माण गर्नुभएका ललितपुरको धापाखेलकी अन्नता भण्डारी द्वितीय भए । दुवैलाई जनही रु एक लाख १२ हजार ५०० पुरस्कार प्रदान गरिएको छ । मन्त्रालयका पर्यटन विकास शाखाका प्रमुख देवकुमारी शाहीका अनुसार कालिकोटको पचालझरनाको वृत्तचित्र बनाउनुभएका वीरेन्द्रनगर–८ का प्रमोद आचार्य र पचालझरना गाउँपालिका–४ की सदिक्षा सेजुवाल तृतीय भए । उहाँहरुलाई जनही रु ७५ हजार पुरस्कृत गरिएको छ ।

यस्तै मुगुको छायानाथ रारा नगरपालिका–२ का गणेश देवकोटा, रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ का महेश केसी, वीरन्द्रनगर नगरपालिका–९ का प्रबल मानन्धर र सोही नगरपालिका वडा नम्बर ८ का जीवन सुवेदीले सान्त्वना पुरस्कार पाए । उहाँहरुलाई जनही रु ३७ हजार ५०० बाट पुरस्कृत गरिएको छ । देवकोटाले मुगुको चङ्खेली हिमाल, केसीले रुकुमपश्चिमको डिग्रे साइकुमारी मन्दिर, मानन्धरले राराताल र सुवेदीले सुर्खेत उपत्यकाको छोटो वृत्तचित्र निर्माण गर्नुभएको थियो ।

यस्तै सामाजिक सञ्जालका लागि छोटो वृत्तचित्र निर्माण गर्नुभएका बैतडीको दशरथचन्द नगरपालिका–१ का पञ्चदेव भट्ट, सानीभेरी नगरपालिका– ११, रुकुमपश्चिमका सिर्जना ओली, भेरीगङ्गा नगरपालिका–८, सुर्खेतका करण बैगार, भेरी नगरपालिका–३, जाजरकोटका हरिहरसिंह राठौर र वीरेन्द्रनगर–१२, सुर्खेतस्थित ह्वाइट विङ्स प्रोडक्सन प्रालिलाई पनि पुरस्कृत गरिएको शाखा प्रमुख शाहीले जानकारी दिनुभयो । उहाँहरुलाई जनही रु एक लाख प्रदान गरिएको छ ।

हरेक वर्ष कर्णाली प्रदेशको पर्यटन क्षेत्रको प्रचारप्रसार प्रवद्र्धन गर्नका लागि छोटो वृत्तचित्र निर्माण तथा सामाजिक सञ्जालका लागि उच्चस्तरको वृत्तचित्र निर्माण प्रतियोगिता आयोजना गरिँदै आएको छ । यसका लागि चालु आर्थिक वर्ष २०७८÷७९ मा मन्त्रालयले रु २० लाख विनियोजन गरेको थियो । छोटो वृत्तचित्र निर्माणतर्फ १७ र सामाजिक सञ्जालका लागि वृत्तचित्र निर्माणतर्फ १३ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ ।

  • २२ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !