कांग्रेसका बागी उम्मेदवार प्रचारप्रसारमा, पार्टी मौन

आजभोलि

काठमाडौं । रसुवामा विभिन्न दलका बागी उम्मेदवारहरु यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् । पार्टीले टिकट नदिएको भन्दै असन्तुष्टि जनाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा बागी उम्मेदवारी दिएकाहरू यतिबेला भोट माग्न सक्रिय भएर लागेका छन् ।

नेपाली कांग्रेसका विजय तामाङले पार्टीप्रति असन्तुष्टि जनाउँदै उत्तरगया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए । उत्तरगया गाउँपालिकाकै उपाध्यक्षमा कांग्रेसकी सिर्जना तामाङले पनि उम्मेदवारी दर्ता गराइन् ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूलाई नेपाली कांग्रेस रसुवाले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो । पार्टीप्रति असन्तुष्ट रही स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएकाहरू केहीले पार्टीको आग्रह पछि उम्मेदवारी फिर्ता लिएका थिए । तर उत्तरगया गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्षमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी कायमै राखेका छन् । उनीहरू यतिबेला घरदैलो अभियानमार्फत प्रचारप्रसारमा व्यस्त छन् ।

नेपाली कांग्रेस रसुवाले बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता नलिए विधानअनुसार स्वतस् साधारण सदस्यसमेत नरहने गरी कारबाही हुने निर्देशन दिए पनि बागी उम्मेदवारलाई कुनै कारबाही गरेको छैन । कांग्रेस रसुवाले नौकुण्ड गाउँपालिकामा जनता समाजवादी पार्टीसँग गठबन्धन गरेको छ । गाउँपालिका अध्यक्षमा काग्रेस र उपाध्यक्षमा जनता समाजवादीबाट उम्मेदवार छन् भने जिल्लाको अन्य चारवटा गाउँपालिकामा एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् ।

  • २७ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !