तनहुँका नौ पालिकामा कांग्रेस र एमाले चाररचार, एकमा माओवादी

आजभोलि

काठमाडौं । तनहुँका आजसम्म गणना गरिएका नौ पालिकामध्ये नेपाली कांग्रेस र नेकपा (एमाले) ले चार÷चार र नेकपा (माओवादी केन्द्र) एक स्थानमा विजयी भएका छन् । यहाँका दश पालिकामध्ये व्यास नगरपालिकामा भने मतगणना जारी छ ।

कांग्रेसबाट भानु नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे, शुक्लागण्डकी नगर प्रमुखमा कृष्णराज पण्डित, ऋषिङ गाउँपालिका अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्षमा गिनुमाया थापा, देवघाट गाउँपालिका अध्यक्षमा तिलबहादुर थापा विजयी हुनुभएको छ । बन्दीपुर गाउँपालिका उपाध्यक्षमा पञ्चमाया गुरुङ, म्याग्दे गाउँपालिका उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी हुनुभएको हो ।

एमालेबाट घिरिङ गाउँपालिका अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिका अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, भिमाद नगर प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल, बन्दीपुर गाउँपालिका अध्यक्षमा सुरेन्द्र थापाले जित हासिल गर्नुभएको छ ।

माओवादी केन्द्रबाट आँबुखैरेनी गाउँपालिका अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल, शुक्लागण्डकी नगर उपप्रमुखमा खुमबहादुर विक, देवघाट गाउँपालिका उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी हुनुभएको छ ।

यसैबीच जिल्लाका ८५ वडामध्ये हालसम्म ७४ वडाको नतिजा सार्वजनिक भएको छ । त्यसमध्ये कांग्रेसले ३८ वडामा जित हासिल गरेको छ । एमालेले २६ र माओवादी केन्द्रले छ वडा जितेका छन् । स्वतन्त्रबाट चार जनाले वडाध्यक्षमा विजय हासिल गरेका हुन् । व्यास नगरका १४ मध्ये ११ वडाको नतिजा आउन बाँकी छ ।

  • ६ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !