शिवराजको प्रमुखमा राप्रपा, उपप्रमुखमा एमाले निर्वाचित

आजभोलि

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा (एमाले) की शिवकुमारी थारु निर्वाचित हुनुभएको छ ।शिवराज प्रमुखमा सात हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा सात हजार ९५५ मतसहित शिवकुमारी चौधरी निर्वाचित हुनुभएको हो ।

एघार वडा रहेको शिवराजमा सुरुआतदेखि अग्रता बढाउँदै गएका थापा अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहनुभयो । विसं २०७४ को निर्वाचनमा शिवराजको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले जितेको थियो ।

तत्कालीन निर्वाचनमा थापा स्वयं राप्रपाबाट उम्मेदवार हुनुहुन्थ्यो । प्रमुखमा पराजित थापा मङ्सिरमा सम्पन्न सङ्घीय र प्रदेशको चुनावमा नेपाली कांग्रेस प्रवेश गर्दै प्रदेशसभामा चुनाव लड्नुभएको थियो ।
नगरको उपप्रमुखमा भने शिवकुमारी थारु निर्वाचित हुनुभएको छ । नगरमा रहेका ११ वडामा मिश्रित परिणाम आएको छ । तीन वडा कांग्रेस, तीन एमाले, दुई÷दुई माओवादी र लोसपा, एक वडामा जसपाले जीत निकालेको छ ।

  • ६ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !