खुम्चियो महिलाको नेतृत्व

आजभोलि

काठमाडौं । दलहरू गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्दा यहाँका स्थानीय तहमा महिलाहरूको नेतृत्व सङ्ख्यात्मक रुपमा खुम्चिएको छ । सक्षम भएर पनि महिलाहरू स्थानीय तहको नेतृत्वमा आउनबाट बञ्चित हुनुपरेको हो ।

यहाँ पनि नेकपा ९एमाले०का विरुद्ध पाँचदलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा थियो । गठबन्धनबाट अधिकांश स्थानीय तहको प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष पदमा पुरुष उम्मेदवार थिए ।

राजनीतिमा महिला सहभागिता बढाउन संवैधानिकरूपमै स्थानीय तहको प्रमुख या उपप्रमुखमा महिला हुनुपर्ने व्यवस्था भए पनि गठबन्धनकै कारण उनीहरू नेतृत्वमा आउने बाटो रोकिएको हो ।

गठबन्धनबाट स्थानीय तहको प्रमुखमा एकमात्र महिला उम्मेदवार नेपाली कांग्रेसकी गण्डकी थापा अधिकारी बडिगाड गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको छ । गठबन्धनमा आवद्ध दलले अरु स्थानीय तहको प्रमुख–उपप्रमुखमा महिलालाई उम्मेदवार नै बनाएनन् ।

एमालेले भने बागलुङ नगरपालिकाबाहेक नौवटै स्थानीय तहको उपप्रमुख–उपाध्यक्षमा महिला उम्मेदवार बनाए पनि सबै पराजित भए । प्रमुख–अध्यक्षमा भने एमालेले पनि महिला उम्मेदवार खडा गर्न सकेको थिएन ।

तमानखोला गाउँपालिकामा गठबन्धन नगरी एक्लै लडेको कांग्रेसले उपाध्यक्षमा हिराकुमारी छन्त्याललाई जिताउन सफल भएको छ । गठबन्धन गरिएको भए उक्त पदमा अन्य दलबाट पुरुष नै आउने स्थिति बन्थ्यो । गठबन्धन गरे पनि दलहरुले महिला उम्मेदवारलाई अघि सार्न नसक्दा नेतृत्वमा पुरुष नै हाबी भएका हुन् । दलहरुले उम्मेदवार छनोटमा पुरुषलाई नै प्राथमिकता दिएपछि महिलामा असन्तुष्टि पनि बढेको थियो ।

टिकट नपाएपछि केही महिलाले एकाएक दल फेरेर उम्मेदवारी दिने आँटसमेत गरे । विसं २०७४ को स्थानीय चुनावमा यहाँका छ स्थानीय तहको उपप्रमुख–उपाध्यक्षमा महिला निर्वाचित भएका थिए । तीमध्ये यसपटकको चुनावमा कोही पनि उम्मेदवार बन्न पाएनन् ।

अघिल्लो चुनावमा पनि केही स्थानीय तहमा दलहरूबीच गठबन्धन भएकाले दुवै पदमा पुरुष आएका थिए । यसपटकको चुनावमा एक अध्यक्ष र एक उपाध्यक्ष गरी दुई महिला नेतृत्वमा आएका छन् । दश स्थानीय तहमा रहेका ८५ वडाको वडाध्यक्षमा पनि पुरुषकै प्रतिनिधित्व छ । गठबन्धनका नाममा महिलाहरूलाई मुख्य पदमा आउनबाट रोक्न नहुनेमा यहाँका राजनीतिक दलका महिला सङ्गठनले चुनावको मनोनयनअघि नै ध्यानाकर्षण गराए पनि खासै सुनुवाइ हुन सकेन ।

  • ७ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !