वीरगञ्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवार सिंह अगाडि

आजभोलि

काठमाडौं । मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी ९जसपा० का उम्मेदवार राजेशमान सिंहले निकटतम प्रतिस्पर्धीभन्दा १८ हजार ७५८ मतान्तरले अग्रता लिनुभएको छ ।

गठबन्धनका उम्मेदवार सिंहले (चुनाव चिह्न छाता) ३८ हजार ४३७ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको हो भने नेकपा ९एमाले० का उम्मेदवार विजयकुमार सरावगीले १९ हजार ६७९ मतसहित उहाँसँग प्रतिस्र्धामा हुनुहुन्छ । हालसम्म ७७ हजार ५५७ मतगणना भएको हो ।

महानगरपालिकामा हालसम्म विभिन्न १६ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाको मतपरिमाण आउन बाँकी छ । महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का बीचको गठबन्धनबाट सिंह उम्मेदवार बन्नुभएको छ । त्यस्तै नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको गठबन्धनबाट प्रमुखमा सरावगी उम्मेदवार बन्नुभएको हो ।

  • ९ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !