मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा

आजभोलि

काठमाडौं । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिनुभयो । आव २०७९/८० को नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाइ, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतका विषयलाई जोड दिइने मन्त्री साहले बताउनुभयो ।

यस्तै मधेस प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९÷८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको मन्त्री छ । नीति तथा कार्यक्रमपश्चात प्रदेश सरकारले असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभाको नवौँ अधिवेशन यही जेठ १९ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

  • १८ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !