राष्ट्रपति बिद्यादेवी भण्डारी जावलाखेलमा

आजभोलि

काठमाडौं । रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा सरिक हुन राष्ट्रपति बिद्यादेवी भण्डारी आज जावलाखेल जाने भएकी छिन् । रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकवाट जावलाखेल पुगेको चौथों दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परामा सहभागी हुन राष्ट्रपति भण्डारी जावालखेल जान लागेकी हुन् ।

लिच्छवीकालीन राजा नरेन्द्र देवको पालादेखि राजा राष्ट्राध्यक्ष भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ । परम्परा अनुसार भोटोजात्राको अघिल्लो दिन रथ वरपर भूत पिचास पन्छाएको रथबाट भोटो देखाउने परम्परा छ । भोटा देखाईसकेपछि मछिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजा सहित जावलाखेलबाट बुङमतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ ।

वर्षा र सहकालका देवताका रूपमा मानिने मछिन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान हुन् । मछिन्द्रनाथको रथ स्थानीय वाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहेको छ ।

 

  • २१ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !