एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सद्वारा मर्ज प्रस्ताव पारित

आजभोलि

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको बिहीबारे विशेष साधारण सभा बस्दैछ । सभामा हिमालयन जनरल इन्सुरेन्सँग मर्ज हुने प्रस्ताव पेस हुँदैछ । मर्ज हुने भएपछि हाल एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । यी दुई कम्पनीहरुबीच गत २२ वैशाखमा मर्जसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

हाल एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २५ करोड र हिमालयन जनरलको एक अर्ब १७ करोड रुपैयाँ छ । यसैगरी, हिमालयन जनरल इन्स्योरेन्सको पनि बिहीबार नै विशेष साधारण सभा बस्दैछ ।

सभामा एभरेष्ट इन्सुरेन्सँग मर्ज हुने प्रस्ताव पेस हुनेछ । हाल हिमालयन जनरलको चुक्ता पुँजी एक अर्ब १७ करोड रुपैयाँ छ । यी बिमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पुर्‍याउनको लागि मर्जरको बाटो रोजेका हुन् ।

बिमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो । समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी एक अर्ब रुपैयाँबाट बढाएर साढे दुई अर्ब रुपैयाँ पुर्‍याएको छ ।

 

  • २ असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !