नागरिकता विधेयक जस्ताको तस्तै फिर्ता पठाएर सरकारले घमण्ड देखायो : ओली

आजभोलि

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको बताइएका छन् ।

बुधवार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले राष्ट्रपतिले नागरिकता विधेयक संसद्ले एक पटक विचार गरोस् भनेर फिर्ता पठाएको भन्दै गठबन्धनले पाखुराको भाषा बोलेर जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेको र घमण्डीपन देखाएको बताए ।

यस्तो भाषा बोल्ने गठबन्धनको सरकार हुनु दुर्भाग्य भएको उनले बताए । उनले संसदीय मूल्य मान्यतालाई नमान्नेलाई जनताले सरकारमा राख्न नहुने धारणा राखे । ओलीले गठबन्धनका सबै दलका नेताहरूको उद्देश्य जहान–परिवारको वरिपरि मात्रै घुमेको र गठबन्धनको कुनै लक्ष्य र औचित्य नै नभएको बताए ।

अहिले आफूलाई लोकतान्त्रिक पार्टीको दाबी गर्ने कांग्रेसको विचार शून्य रहेको र अरू दललाई साथमा नलिई अघि बढ्न नसक्ने अवस्थामा पुगेको तर्क गरे । त्यस्तै, माओवादीले पार्टीको स्वरूप लिन नसकेको टिप्पणी गर्दै उनले प्रचण्ड एण्ड कम्पनी मात्र भएको आरोप लगाए । ओलीले देशमा स्थिरता ल्याउन एमालेको जीत अपरिहार्य भएको बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले जसपाका उपाध्यक्ष हेमराज राई लगायतका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराएका छन् । ओलीले पार्टीमा आएका नेताहरूलाई अलपत्र नपार्ने र आवश्यक जिम्मेवारी दिने जानकारी दिए ।

  • २ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !