प्रतिनिधिसभा र राष्ट्रियसभामा शोक प्रस्ताव प्रस्तुत गरिंदै

आजभोलि

काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज ९सोमबार० बस्दै छ । प्रतिनिधिसभाको ११ औं अधिवेशनको ५७ औं बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक शुरु हुनेछ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । यसअघि हिजोका लागि तय गरिएको बैठक स्थगित गरेर आजको लागि आह्वान गरिएको हो । गिरीको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो ।

आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रियसभाको १२औं अधिवेशनको ४७ औं बैठक बस्न लागेको हो । बैठक दिउँसो १२ः५९ बजे शुरु हुने संसद् सचिवालयले जनाएको छ ।

  • ६ भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !