मुख्यमन्त्री राउतलाई राजीनामा दिन उपेन्द्र यादवको निर्देशन

आजभोलि

काठमाडौं ।सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबार मधेस प्रदेशका मुख्यमन्त्री राउतको राजीनामा मागेका हुन् ।

मधेस प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत वितरण गरेको साइकल खरिदमा भ्रष्टाचार भएको कारण राउतको राजीनामा मागिएको हो ।

मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रत्यक्ष संलग्नतामा सञ्चालन गरिएको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान अन्तरगत साइकल वितरण कार्यक्रममा ठूलो भ्रष्टाचार भएको भन्दै अख्तियारले तीन महिना अगाडि मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात जफत गरेको छ ।

राउत २०७४ फागुन २ गते मुख्यमन्त्री बनेका थिए। उनी पर्सा क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित भएका हुन्। तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट राजपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए।

  • ७ भाद्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !