अल्फा बिटाको अवैध संरचना भत्काएपछि एमाले असन्तुष्ट

आजभोलि

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले पछिल्ला दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गर्दै आएको कार्यप्रति असन्तुष्टी जनाएका छन् ।

पछिल्ला दिन प्रमुख शाहले काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तिव्रता दिएका छन् । यस्ता कार्यमा उनी आफै उपस्थित भएर गर्ने गरेका छन् । यसैप्रति असन्तुष्टी जनाउँदै बस्नेतले शाहलाई सामाजिक सञ्जालमा तिखो प्रहार गरेका छन् ।

‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसि लाग्यो । तपाँईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सुर्यबिनायक नगर पालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो । पछि अफिस गएर नक्सा ल्याई शाहले उक्त संरचना भत्काएका थिए ।

‘तपाँइलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वसं होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चड्दैनन् ड्राइभर चड्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई निम्तो दिएका छन् ।

बस्नेताले २र४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि शाहलाई आग्रह गरेका छन् ।

‘बिगतका यस्ता २र४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ । गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यस्को विकाश र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईका बिरोधिले पनि तेही शैली अपनाए भने गार्हो होला,’ बस्नेतले फेसबुकमा लेखेको छन् ।

  • १० भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !