प्रदिप गिरीको १३ औं पूण्यतिथिमा श्रद्दान्जली सभा सम्पन्न

आजभोलि

लालबन्दी । नेपाली काँग्रेसका नेता स्वर्गीय प्रदिप गिरीको १३ औं दिनको पूण्यतिथिमा लालबन्दी नगरपालिका वडा नम्बर १७ मा श्रद्दान्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस वडा समिति १७ रानीगंजले श्रद्दान्जली सभा आयोजना गरेको हो ।

वडाउपभापति कमिसिंह हेन्जन सभापतित्वमा भएको श्रद्दान्जली सभामा नेपाली काँग्रेसमा नेता तथा कार्यकर्ताको उपस्थित थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री शुम्भुलाल श्रेष्ठले स्वर्गीय नेता गिरीको व्यक्तित्वको बारेमा चर्चा गर्नु भएको थियो । नेता गिरीको विचारलाई नेपाली काँग्रेसका कार्यकर्ताले आत्मसाथ गरेर अगाडि बढ्नुनै उहाँप्रति सच्चा श्रद्दान्जली हुने प्रमुख अतिथि श्रेष्ठले उल्लेख गर्नु भयो ।

क्यान्सर रोगबाट पीडित नेता गिरीको भदौ ५ गते शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको थियो ।

नेपाल विध्यार्थी संघ सर्लाहीका पूर्व अध्यक्ष विष्वामित्र रिजालले संचालन गरेको कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि रेखा जोशी निर्वतमान वडा अध्यक्ष नवराज अधिकारी जिल्ला समन्वय समिति सदस्य रामबहादुर बम्जन जिल्ला कार्यसमिति सदस्य गुरूप्रसाद पौडेल वडासदस्यहरू खरेल शान्ति तामाङ विक लगायत नेपाली काँग्रेसका सदस्यहरूको उपस्थिति थियो ।

 

  • १६ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !