नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश (क) मा प्रत्यक्षमा कांग्रेसबाट २१ जना सिफारिस

आजभोलि

नुवाकोट । नेपाली कांग्रेसले नुवाकोट प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं २ को प्रदेश (क) मा २१ जनाको नाम सिफारिस गरेको छ ।

बुधवार बसेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ को प्रदेश क कार्यसमितिको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेशसभाको निर्वाचनको लागि प्रत्यक्षतर्फ २१ जनाको नाम सिफारिश गरेको हो ।

प्रदेशसभाको प्रत्यक्षतर्फ नाम सिफारिस भएकाहरुमा नेपाली कांग्रेस नुवाकोटका निर्वतमान सभापति जगदीश्वरनरसिंह केसी, सभापति रमेश महत, पुर्व सभापति धुव्र अधिकारी, जिल्ला उपसभापति राजु थापा, प्रदेश सभापति बैकुण्ठ बहादुर पाण्डे, चोकराज शाक्य, हरिकृष्ण श्रेष्ठ र यादव प्रसाद नेपालको नाम सिफारिस भएको नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश ९क० का सचिव अच्युत रिजालले बताए ।

यस्तै जयराम दाहाल, श्यामराज पाण्डे, प्रतापसिंह लामा, मोहन वहादुर खड्का, प्रदिप कुमार सेढाई, कृष्ण वहादुर अधिकारी, विष्णुराज नेपाल, गोविन्द अर्याल, अर्जुन कुमार नेपाल, कमेन्द्र थिङ, सुनिमा तामाङ, तारावहादुर कार्की र बेलकोटगढीका नगरसभापति लेखनाथ मुडवरीको नाम सिफारिस गरिएको छ ।

यस्तै समानुपातिकतर्फ १५ जना सिफारिस भएका छन । जसमा बद्री प्रसाद मुडवरी, बिन्दा थापा मगर, श्रीराम श्रेष्ठ, गिता अमात्य, प्रकाश राई, दिपक लामा, अक्कल वहादुर ढुङगाना, हिरा पाण्डे, राजेन्द्र चित्रकारको नाम सिफारिस गरिएको छ ।

यस्तै नाम सिफारिस भएका अन्यमा लक्ष्मण श्रेष्ठ, अञ्जली पाण्डे, बवि रिमाल, भोजवहादुर रिमाल, सुर्दशन नेपाली र कृष्ण प्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ ।

बैठकले सर्वसहमत निर्णय प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेद्धवारहरुको नामावली क्षेत्रिय समितिमा पठाउने निर्णय गरेको छ ।

  • १८ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !