एमाले रणनीतिः अन्य दलका नेता भित्र्याउने, विपक्षी गठबन्धन बनाएर सत्तामा पुग्ने

आजभोलि

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी ९एमाले०मा प्रवेश लहर देखेर अध्यक्ष केपी शर्मा ओली उत्साहित देखिएका छन् ।

विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्न थालेपछि आगामी निर्वाचनमा विपक्षी दलको गठबन्धन निर्माण गरेर सरकार सञ्चालन गर्नेमा अध्यक्ष ओली ढुक्क छन् ।

नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल ९जसपा०, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०सहितका साना दलबाट नेता विद्रोह गर्दै एमालेमा प्रवेश गरिरहेका छन् ।

एमाले पोलिटब्युरो सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको लहर चलेको बताए । जिल्लादेखि केन्द्रीय कार्यालयसम्म दिनहुँ पार्टी प्रवेश कार्यक्रम भइरहेको उनले जानकारी दिए ।

एमालेबाट विद्रोह गरी गठन भएको एकीकृत समाजवादीका नेता एमाले प्रवेश गर्न थालेपछि अध्यक्ष ओलीले ‘आगामी चुनावसम्ममा एकीकृत समाजवादीमा कार्यकर्ता नै नरहने’ ठोकुवा गरेका छन् ।

गत मंगलबार पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले चुनावसम्ममा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपाल कार्यकर्ताविहीन हुने दाबी गरे ।

‘तपाईंहरूलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला, नोट गरेर राख्नुस् । चुनावसम्ममा माधव नेपालसँग आपूmबाहेक कार्यकर्ता नै रहँदैनन्’ ओलीले भने । एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’समेत पार गर्न नसक्ने दाबी गर्दै उनले थपे, ‘माधव नेपालको पार्टीले थ्रेस होल्ड पार गरेर तीन प्रतिशत ल्याएर संसद्मा पुग्दैन । चुनावमा प्रचण्डको पार्टीले थ्रेस होल्ड कटाएर यसपल्ट राष्ट्रिय पार्टीको इज्जत जोगाउँछ ।’

पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बिहीबार नेकपा माओवादी नेता–कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै ओलीले त्यस्तै ठोकुवा गरे । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं चितवन जिल्लाका सह–इन्चार्ज रहेका प्रभावशाली नेता यमबहादुर परियार ९इन्द्रजित०सहितका नेता–कार्यकर्तालाई ओलीले अबिरमाला लगाएर पार्टीमा प्रवेश गराए ।

एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार पाँचपटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् । उनी एमालेमा प्रवेश गरेसँगै माओवादीका अध्यक्ष प्रचण्डलाई असर पर्ने विश्लेषण भइरहेको छ ।

एमाले स्थायी समिति सदस्य कर्णबहादुर थापाका अनुसार परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमान्डर अञ्जन तिमल्सिना, चितवनकै कालिका नगरपालिका कमिटी उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गरेका छन् ।

माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपासहितका दलबाट एमालेमा प्रवेश गर्ने नेता संख्या बढी रहेको थापाले बताए । पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको संख्या बढ्दै गएको उनको दाबी छ ।

  • ३१ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !